नेपाल फोटो पत्रकार महासंघ कैलालीद्धारा रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाल फोटो पत्रकार महासंघ कैलालीद्धारा रक्तदान कार्यक्रम सम्पन्न



कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको आयोजना र धनगढी डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा.ली धनगढीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महासंघले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट १५ पिन्ट रगत संकलन भएको छ ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले देशमा लकडाउन चलिरहेका बेला रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बी कुमारी थापाले यस कोरोना भाईरसको महामारी चलिरहेका बेला जोखिम मोलेर रक्तदान कार्यक्रम गर्नु सह्रायिन काम भएको र यस कार्यक्रमबाट अन्य संघ संस्थाहरुले यसबेला गर्न आवश्यक भएको बताए ।

नेपाल फोटो पत्रकार महासंघ कैलालीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक गगन अयडीले यो समयमा रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशी, मिलनका अध्यक्ष मिन बहादुर धामी लगायत पत्रकारहरुको उपस्थीति रहेको थियो ।