बि एम एसको तीज ,कलाकारहरू आइपुगे अस्ट्रेलिया - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बि एम एसको तीज ,कलाकारहरू आइपुगे अस्ट्रेलिया



अस्ट्रेलिया- सधैको वर्ष जस्तै यो वर्ष पनि बि एम एस फिल्म्सले अस्ट्रेलियामा तीज धमाका गर्ने भएको छ । यही अगस्ट १० तारिखमा सिड्नी हर्स्टभिलको मरना अडिटोरियममा हुने उक्त कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरू अस्ट्रेलिया आइपुगेका छन् ।

तीज धमाका २०१९ को नामले गरिन लागेको यो कार्यक्रम को भव्य तयारी चलिरहेको आयोजक विरेन्द्रदीप मल्लले बताए । प्रवेश शुल्क १० डलर मात्र रहेको यो कार्यक्रममा नेपालीहरूले निकै मनोरञ्जन लिने वातावरण बनाएको उनको भनाई छ ।

कार्यक्रमकामा चन्दा अर्याल, पवित्रा न्यौपाने, सन्दीप न्यौपाने सुस्मिता बुढाथोकी, राजन गुरुङ लगायत डी जे को समेत प्रस्तुति रहनेछ । साँझ ६ बजेबाट सुरु बताइएको छ ।

अस्ट्रेलियामा तीजको अवसरमा गरिने मनोरञ्जनात्मक कार्यक्रमको सुरुवातकर्ता बि एम एस का सञ्चालक विरेन्द्रदीप मल्ल हुन् । उनले धेरै वर्षदेखि तीजलाई अस्ट्रेलियाबासी नेपालीहरूमाझ एउटा छुट्टै पर्व बनाउन भूमिका खेलका छन् । अहिले थुप्रै तीजका कार्यक्रमहरू भैरहेपनि तीज धमाकाको रूपमा उनले अस्ट्रेलियामा सुरुवार गरेका हुन् ।