भैरहवा क्षेत्रको घर–घरमा बिकासको सचांर गराए ः मन्त्री बोहोरा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भैरहवा क्षेत्रको घर–घरमा बिकासको सचांर गराए ः मन्त्री बोहोरा



भैरहवा, मसिंर
स्वास्थ्य मन्त्री एवं सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार दिपक बोहोराले आफु बिकास प्रेमी नेता भएको र आफ्नो कार्यकालमा भैरहवा क्षेत्रको घर घरमा बिकासको सचांर गराएको बताउनु भएको छ् ।

बोहोरा दोस्रो सविधान सभा निर्वाचनमा रुपन्देही क्षेत्र २ (हाल प्रदेश सभा १) बाट निर्वाचित हुनु भएको थियो ।

आफु निर्वाचित भएपछि साविकको क्षेत्र अन्तरगर्त रहेका ८५ बटै बडामा बिकासको केहिन केही काम गरेको उहाँले बताउनु भयो ।

सयुक्त लोकतान्त्रिक गठबन्धन सिद्धार्र्थनगर १२ को प्रचार कार्यालयको बुधवार उदघाटन गर्दै उहाँले निर्वाचित भएपछि सासंद बिकास कोष, राष्ट्रिय बजेट तथा गैर सरकारी संस्था मार्फत आफ्नो क्षेत्रमा बिकासको सचांर ल्याउन सफल भएको दावी गर्नु भयो ।
आफु निर्वाचित हुनु भन्दा पहिला सिद्धार्थ नगरपालिकामा एकीकृत शहरी बिकास आयोजनामा ८० करोडको मात्र बजेट रहेकोमा पछि दातृनिकायसगं परामर्श गरी अनुदान बढाएको समेत उहाँले बताउनु भयो ।
‘म निर्वाचीत भएपछि भैरहवा (सावीक २ नम्वर) क्षेत्रमा बिकासले गती लियो, उहाँले भन्नु भयो –अव यो पटक मलाई जिताउनुस समग्र तिन नम्वर क्षेत्रको बिकासले गती लिने छ ।’ निर्वाचीत भएपछि बडा तथा क्षेत्रहरुमा आफुले देिखने र परिवर्तन हुने गरी बिकास गरेकाले त्यो आधारमा पनि यसपटक जनताले आफुलाई बिस्वास गर्ने उहाँको भनाई थियो ।
सयुक्त लोकतान्त्रिक गठबन्धन क्षेत्र नं ३ प्रदेश सभा १ तर्फ नेपाली काँग्रेसका उम्मेदवार देवि प्रसाद चौधरीले बामगठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई कमजोर पार्न भ्रमहरु छरिरहेको बताउनु भयो ।
बुथ सभपति गोविन्द प्रसाद बस्यालको सभापत्वि, उपसभापति हरीराज बिष्टको स्वागतमा भएको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समीतीका सदस्य डाक्टर प्रमोद अर्याल, नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, राप्रपा प्राजातान्त्रीक रुपन्देहीका अध्यक्ष सागर प्रताव राणा, सयुक्त लोकतान्त्रीक गठबन्धन क्षेत्र नं ३ का सयोजक एवं काँग्रेस क्षेत्रीय सभापति मातृका प्रसाद यादव लगायतले बोल्दै बिगतको यो चुनाव भिन्न र जनमत सग्रह जस्तै भएकाले बिकास, लोकतन्त्र र राष्ट्रियताको रक्षाकालागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।