बाहुन क्षेत्रीमाथी बोके दाह्रीको प्रहार (हेर्नुहोस् भिडियो) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाहुन क्षेत्रीमाथी बोके दाह्रीको प्रहार (हेर्नुहोस् भिडियो)



हिमाल पोष्ट\ बैसाख, १६ काठमाडौं
पूर्वको सम्राट भनेर पूर्वाञ्चालमा रमाईरहेका गायक श्रीकृष्ण लुईटेलको नयाँ गीत सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दियालगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको ल्वाङ पिरो बोलको गीत सार्वजनिक भएको हो ।
गीतको माध्यमबाट उनले बाहुनहरुले आफ्नो संस्कृति बिर्सदै गएको कुरालाई व्यंग्य गरेका छन् । नयाँ पुस्ताले भाषा, संस्कृति, मुल्य र मान्यता बिर्सदै गएको प्रति कटाक्ष गर्दै उनले व्यंग्यात्मक गीत सार्वजनिक गरेका हुन् । श्रीकृष्ण आफैँ पनि व्राम्हणको छोरा हुन् भने उत्तिकै धार्मीक पनि छन् । उनको गीतमा हाँस्यरस सँगै चेतनामुलक कुराहरु पनि समेटिएका हुन्छन् ।
राजधानी बाहिर बसेर पनि चर्चा र लोकप्रिय बन्न सकिन्छ भन्ने उदाहरण बनेका बोके दाह्रीको यस गीतमा डम्बर लिम्बुको संगीत छ । गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

 

https://www.youtube.com/watch?v=uG5y3rGQgDs