बलिउडका सौतेनी भाइ बहिनीको सम्बन्ध कस्तो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बलिउडका सौतेनी भाइ बहिनीको सम्बन्ध कस्तो ?



भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

बलिउडमा पनि त्यो सम्बन्ध कायम रहेको छ । तर सौतेनी भाइ बहिनीको सम्बन्ध सबैको सोचे जस्तो भने रहेको छैन । आउनुहोस् हेरौ राम्रा नराम्रा बलिउडका सौतेनी भाइ बहिनीको सम्बन्ध

अर्जुन कपुर र जानवी कपुर

बोनी कपुरका छोरा अर्जुन कपुर र जानवी दाइ बहिनी हुन् । अर्जुन कपुर बोनी कपुरको पहिलो श्रीमति मोनाका सन्तान हुन् भने जानवी कान्छी श्रीमती श्रीदेवीकी छोरी हुन् । अर्जुनले एक अन्तर्वार्तामा श्रीदेवि तथा उनका सन्तानसँग आफ्नो कुनै सम्बन्ध नरहेको र हालसम्म नभेटेको बताएका थिए । तर, श्रीदेवीको मृत्युपछि उनीहरुको सम्बन्धमा सुधार आएको बताइन्छ ।

सन्नी देओल र इशा देवल

धमेन्द्रको पहिलो श्रीमतिका सन्तान हुन् सन्नी देओल र बबी देवल । कान्छी श्रीमति हेमाका सन्तान हुन् इशा र आहाना । यी दाइहरु र बहिनीहरुलाई हालसम्म सँगै देखिएको छैन । यहाँसम्मकी दाइहरु बहिनीहरुको विवाहमा समेत सरिक भएनन् ।

शाहिद कपुर र ईशान खट्टर

शाहिद कपुर पिता पंकज कपुर र नीलिमा आजमीका छोरा हुन् । पछि पंकजले राजेश खट्टरसँग विवाह गरेका थिए । उनीहरुको पनि एक सन्तान ईशान खट्टर रहेका छन् । शाहिद आफ्नो सौतेनी भाइलाई धेरै माया गर्छन् । शाहिद उसको करिअरका लागि काम पनि गरिरहेका छन् ।

सारा र तैमुर अली खान

सारा अली खान सैफ र अमृताको सन्तान हुन् । सैफकी कान्छी श्रीमती करिनाले पनि गएको साल एक सन्तानलाई जन्म दिएकी थिइन् । टिमोर अली खानलाई भेट्न सारा करिनाको घरमा गइ रहन्छिन् ।