महेन्द्रनगरमा बम विस्फोट, प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

महेन्द्रनगरमा बम विस्फोट, प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु



धनुषा । धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका — ५ महेन्द्रनगर बजारको कुसाई टोल स्थित एक औषधि व्यवसायीको घरमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी घरधनी राजेश साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै सोहि घटनामा परी गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय महेन्दनगरका प्रहरी निरीक्षक अमिर दहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए । राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी निरक्षक सहितको टोली पुगेको थियो ।

यद्धपी सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।