बोनस बाँड्ने प्राधिकरणलाई, हिसाब देखाउन मन्त्रालयको उर्दि ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बोनस बाँड्ने प्राधिकरणलाई, हिसाब देखाउन मन्त्रालयको उर्दि !



हिमालपोष्ट/ काठमाडौं, माघ २१ ।

आफ्ना कर्मचारीलाई करोेडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन छ ।

उड्डयन क्षेत्र नियामक प्राधिकरणले आफ्ना आठ सय कर्मचारीलाई गत पुस दास्रो साता बोनस बाँड्ने निर्णय गर्दै यसका लागि ५३ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो ।
संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको थियो ।

यही निर्णय सहमतिको लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको थियो । पर्यटनबाट सहमति पाउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने भएपनि पर्यटनले तत्काल सहमति नदिई दुरुस्त हिसाब देखाउन निर्देशन दिएको हो ।

(आजको नागरिक दैनिक बाट)