बीपीलाई स्मरण गर्दा ...... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बीपीलाई स्मरण गर्दा ……



योगेन्द्र गौतम
स्वर्गीय जन नायक विश्वेश्वर प्रसाद कोइरालाको (८ सेप्टेम्बर १९१४ – २१ जुलाई १९८२) १०३  औ जन्म जयन्तिको दिवसमा महामानवलाई स्मरण गर्दा नेपालको लोकतन्त्रिक प्रजातंत्रका सम्बाहक, राष्ट्रिय एकताका प्रतीक, र सम्पूर्ण नेपाली जनताको लागि समानहक र अधिकार सहितको समाजवादी दर्शनका प्रबर्दकको रूपमा सम्पूर्ण नेपाली जनताको मन मश्तिकमा स्थापित एक महान् दर्शनिक,आदर्श विचारक, साहित्यकार,लेखक, र सफल राजनीतिक व्यक्तित्वको रूपमा हरेक वर्षको ८ सेप्टेम्बरको दिन जन्म जयन्ति स्मरण दिवस नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछौ।

पहिलो पटक जनता द्वारा निर्वाचित प्रधान मन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला नेपालको २२ औ प्रधान मन्त्री हुनुन्थ्यो ।

पहिलो पटक जनता द्वारा निर्वाचित प्रधान मन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला नेपालको २२ औ प्रधान मन्त्री हुनुन्थ्यो । पिता कृष्ण प्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट जन्मनु भएको बिपी कोइरालाको न्वारनको नाम चिरिन्जिबी कोइराला आज हामी बिच भौतिक रूपमा हुनु हुन्न। तर स्वर्गीय बि पी कोईरला द्वारा प्रतिपादित बहुलवादी लोकतान्त्रिक समाजवादी दर्शन हरेक नेपालीको राजनीतिक आदर्श र नेपालको राष्ट्रिय एकता,अखण्डता सार्वभौम सम्पन्न नेपालका विभिन्न जातजाती,धर्म,वर्ग,क्षेत्र को अनेकतामा एकताको प्रतीकको रूपमा नेपालको ऐतिहासिक लोकतन्त्रका लागी गरेका सबै आन्दोलनहरुको सफल नेतृत्व गरी नेपाललाई सङ्घीय गणतान्त्रिक लोकतन्त्र सम्म पुर्‍याउने नेपाली काँग्रेसले माहान कार्य सम्पन्न गरेको छ ।

स्वर्गीय विश्वेश्वर प्रसाद कॊईरालाको १८ महिना मात्र नेपाली जनतालाई प्रजातान्त्रिक सरकारको छोटो अनुभूति दिन सफल भएका कॊईरालालाई राजा महेन्द्रले प्रजातन्त्र विरुद्ध कु गरी जेलमा थुनामा नजर बन्द राखे तर पनि नेपाली जनताले बीपीका विचारका आदर्शहरुलाई सधैँ आत्म साथ,सहयोग र समर्थन दिदैरहे। बीपीले प्रतिपादित विचार कुनै नीति,नियम, विधि विधान नभएर जनताको स्वतन्त्र विचार, समान हक,अधिकारको समाजवादिक दर्शन हो । मानवको भावनासित जोडिएका विचारहरू अमरतामा विलीन बिपी समाजवादी र उढारबादी नेताको रूपमा आम नेपाली जनता बिचमा अमर छन् ।

प्रत्यक बर्गसंग गासिएको मानवीय भावनाका बि पीका विचारहरू गरिब मज्दुर किसान,पिछडा,उत्पीडित वर्गको सहअस्तित्वको सर्वमान्य स्वतन्त्र साझा बिचार भएकोले बि पी लाई गरिब,मज्दुर, उत्पीडन वर्गको साझा नेता मानिन्छ । स्वर्गीय बीपी कोइरालाले उधृत गर्ने सामाजिक बाक्यहरु देश कानुन र सुशासन तथा बुद्धि विवेकले चल्छ।मानिस ब्रेडले होइन ब्रेनले चल्नु पर्दछ । यानी घमण्ड अहङ्कार र दम्भ एबम रिस डाह,जलन,ईगोले आफैलाई भष्म बनाउछ भन्ने बिचार आज पनि निकै सांदर्भिकछन।

नेपालको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक पार्टी नेपाली काँग्रेस २००३ नेपाली राष्ट्रिय काँग्रेस र २००६ एकताको नेपाली काँग्रेस ऐतिहासिक राजनीतिक पार्टी भएकोले पार्टीका संस्थापक स्वर्गीय महामानव आदरणीय बिपी कोइरालाको व्यक्तिगत आचरण, विचार र राजनीतिक चिन्तनमा प्रभावित भएर कयौ राजनीतिक नेताहरू जन्मिय र व्यक्तिगत स्वार्थको चंजुलमा फसेर विभिन्न राजनीतिक पार्टीहरू जन्माई एबम फरक विचार लिएर सत्ता प्राप्तिको लागी सधैँ हारगुहार गरेको परिदृश्य देखिन्छ। आज सम्मको नेपालको इतिहास पल्टाउने हो भने स्वर्गीय बिपी कोइराला पछि ३० बर्से एक दलिय निरङ्कुश पंचायत व्यवस्थामा नेपाल सरकारको नेतृत्व गर्ने सबै प्रधान मन्त्रिहरु र मन्त्रीहरु स्वर्गीय बिपी कोइरालाका अनुयायी चेलाहरु भएको नेपालको राजनीतिक इतिहासले स्पष्ट पार्दछ । प्रजातन्त्र र लोकतन्त्र पश्चात् पनि एक आध मात्र छाडेर नेपाल सरकारको नेतृत्व गर्ने ३९ औ प्रधान मन्त्री र मन्त्री हरू सम्म बीपीका अनुयायी चेलाहरु नै छन्।

स्वर्गीय बिपी कोइराला धेरै उदारबादी ठुलो समाजवादी विचारक नेता भएकोले बिपी कोइराला बाट राजनीतिक ज्ञान हासिल गरेको अनुयायी चेलाहरुले आफ्नो व्यक्तिगत स्वार्थमा फरक विचार राख्दै २००६ सालमा नेपाली कम्युनिस्ट पार्टीको सस्थापना गरेकाथिए। बिना विचार,आदर्श र सापट खोजको मार्सबादको दर्शनलाई आधार बनाएका नेपालका कम्युनिस्ट पार्टीहरू पद कुर्सीको लागी सधैँ लड़ामति गर्दै चिरा चिरा बन्दै बिछ्येद भएकाछन। विदेशबाट आयादित मान्छेका टाउकाहरुलाई पार्टीको झण्डामा राखेर राजनीतिक गुरुको रूपमा पूजा पाठ गर्दछन्। देश भनेको अवस्थित भूगोल र यस भूगोलमा रहने मानव जातिहरु भन्ने यथार्थको सामान्य ज्ञान सम्म नभएकाहरुलाई पद,कुर्सी र सत्तैमा धन मानसम्मानलाई प्राप्त गर्न राजनीतिक पार्टीलाई भर्याङ्गको रूपमा प्रयोग गर्दछन्। जोसिला,भ्रमात्मक,उत्तेजित भाषण र नाराहरुले समाजलाई अस्थिर बनाउदै समाजवाद देखि साम्यवाद सम्मको ढुंगे युगको यादगार गर्ने गर्दछन्।14284923_1118213471592954_2007280190_o

जहानिया राणा शासन अन्त्य २००७मा स्वर्गीय बिपी कोइरालाको नेतृत्वमा सम्पन्न भए पछि बिपी देशको गृह मन्त्री रहनु भयो र २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधान मन्त्रीको रूपमा १८ महिना पछि २०१७ साल पुष एक गते राजा महेन्द्र को कु पश्चात् बन्दीको जीवन र देश प्रतिको चिन्तामा बि पी समाजवादको एक सफल योद्धाको रूपमा सम्पूर्ण नेपाली जनताको मन मश्तिकमा अमर रहेकाछन। नेपालको राष्ट्रिय खतरा परेको महसुस गरेर स्वर्गीय बिपी कोइरालाले २०३३ सालमा नेपाली काँग्रेसको भन्दा फरक विचार राख्ने पार्टीहरू र निरङ्कुश राजासित मिलेर राष्ट्रिय एकता र सार्वभौम अखण्डताको रक्षाको लागी राष्ट्रिय मेलमिलापको नीति गरी एकतामा समर्पित भएर मुलुकको रक्षा गर्नु पर्ने महान् राष्ट्रवादी विचार लिएर स्वदेशफर्किएका थिए तर एयरपोर्ट बाट ने गिरिफ्तार गरी सुन्दरी जल जेलमा राखियो यो सकार्य सबै भन्दा ठुलो गल्ती थियो पंघायतको । २०३६ सालमा देशमा भएका विभिन्न आन्दोलनले र अनतर्राष्ट्रिय दबाबले गर्दा निरङ्कुश पंचायत व्यवस्था धरापमा परे पछि राजा बिरेन्द्रले बीपीको सल्लाहमा जनमत सङ्ग्रह गर्ने घोषणा गेर बिपी प्रजातन्त्रमा विश्वास र जनताको अभिमतमा आस्ता राख्ने जनताको नेता भएकोले २०३६ सालको जनमतसंग्रहको नतिजा उल्टो परिणामको घोषणा भयो महान् बीपीले यसलाई सहर्ष स्वीकार गर्नु भएको थियो।

स्वर्गीय बिपी कोइरालाले नेपाली जनतालाई महान् लोकतान्त्रिक समाजवादी दर्शन सहितको विचार दिएर ८ सेप्टेम्बर १९८२का प्राण घातक घाटीको क्यान्सरतर पीडित भएर स्वर्गीय हुनुभयो। उहाँको जीवन धेरै सहज पक्कै थिएन। जहानिया राणाहरुको हैकमबादी दब्दावा र निरङ्कुश पंचायत व्यवस्था र अनुदारबादी राज र दरबारिया भाइ भारदारहरु निरंकुसताले बन्देज गरिको नेपालका राजनीतिक पार्टीहरूले नेपाली जनताको हक अधिकार र प्रजातन्त्रका निमित्त लडेको सङ्घर्षको जीवनमा जेल,नेल, नजर बन्द र अनेक यातना ले स्वर्गीय बिपी कोइराला कहिले थाक्नु र डराउनु भएन।

बिपीको समाजवादी दर्शन बोकेको नेपाली कांगेस नेपाली जनतालाई नेताहरूले पार्टीको सिद्धान्त दर्शन र आदर्श सिकाउनु र सम्झाउनु पर्दैन। नेपालको राजनीतिमा स्थापित राजनीतिक पार्टी भएकोले प्रजातन्त्र पश्चात् धेरै पटक नेपाली जनताले नेपाली काँग्रेसलाई सत्ताको बागडोर समाल्ने जिम्मेवारी सुम्पिएकछन। पार्टीमा भएको गुटबन्दी आपसी झई झगडा र व्यक्ति स्वार्थ, ईगो,डाह: रिसले गर्दा अहिले सम्म नेपाली काँग्रेसको सरकारले पुरा कार्यकाल पुरा गर्न पाएकोछैन। नेपाली काँग्रेसमा आएको कलहले मुलुक र प्रजातन्त्र कम्जोरभयो। १० बर्से बिधोम्श कारी माओवादी युद्ध भएर देशको भविष्य नै अन्द्धाकरमा रमलिएकोछ। भाग बन्दको राजनीतिले नीति नियम र बीपीका विचार बेवास्ता गर्दै आन्तरिक अन्तर्घातलाई उत्प्रेरणा सिर्जना गरी आपसी सद्भाव भाईचारा र विचार राजनीतिलाई छाडी पद पैसा र कुर्सी प्राप्त गर्न साम, दाम, दण्ड भेदको प्रयोग गरिएको छ । महान् बिपीको स्मरण एक जन्मजयन्ति मात्र गरिने गरिन्छ। नेपाली काँग्रेस भित्र नै मेलमिल र राजनीतिक सद्भावको विकास हुन अतिनै आवश्यकछ।

नेपाली काँग्रेसको नेतृत्वमा नेपाल र नेपाली जनताका राजनीतिक अधिकारहरुका लडाई सकिए पछि नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई कार्यन्वयन गर्ने जिम्मेवारी पनि नेपाली काँग्रेसको भएकोले बीपीका विचारहरूलाई अहिले पनि जलंत सक्रिय रूपमा पालन गरी भोलिको आर्थिक समृद्ध नेपालको अभियान चलाउने संकल्प गर्न अत्यन्तै जरुरत भएकोछ।

नेपाली काँग्रेसको नेतृत्वमा नेपाल र नेपाली जनताका राजनीतिक अधिकारहरुका लडाई सकिए पछि नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई कार्यन्वयन गर्ने जिम्मेवारी पनि नेपाली काँग्रेसको भएकोले बीपीका विचारहरूलाई अहिले पनि जलंत सक्रिय रूपमा पालन गरी भोलिको आर्थिक समृद्ध नेपालको अभियान चलाउने संकल्प गर्न अत्यन्तै जरुरत भएकोछ। बीपीका सपनाहरुलाई साकार गर्न सम्पूर्ण देश बासी तिन करोड नेपालीहरूको साथ,सहयोग र समर्थन रहेकोछ।