वीपी राजमार्ग उच्च जोखिममा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

वीपी राजमार्ग उच्च जोखिममा



हिमाल पोष्ट/  १३ मंसिर, काठमाडौं ।  वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ ।

यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्थको जग खोतल्ने काम बढ्दै गएको छ ।

अत्याधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् ।

कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला  विकास समितिले पनि सुनकोसी उत्खान गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएको आजको नागरिक दैनिकमा समाचार छ ।

ठूला ठेकेदारले र्कचारीलाई समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ ।