२३ वर्ष कान्छीसँग बेलायतका प्रधानमन्त्रीले गरे सुटुक्क विवाह - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

२३ वर्ष कान्छीसँग बेलायतका प्रधानमन्त्रीले गरे सुटुक्क विवाह



एजेन्सी- अन्तराष्ट्रिय संचार माध्यमका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सुटुक्क विवाह गरेका छन् ।

५६ वर्षीय जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेको बताइएको छ । सिमोन्डसँग उनी पहिलेदेखि नै सम्वन्धमा रहेको बताइएको छ ।

शनिबार भएको उक्त विवाहमा कमैलाई बोलाइएको थियो । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि विवाहमा ३० जनामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

सोहीअनुसार जोनसनको विवाहमा ३० जना मात्र सहभागी भएको बीबीसीले जनाएको छ ।