कोपा अमेरिका: पेरुलाई हराउँदै ब्राजिल पुग्यो फाइनलमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोपा अमेरिका: पेरुलाई हराउँदै ब्राजिल पुग्यो फाइनलमा



काठमाडौँ- ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको हो ।

ब्राजिललाई जिताउन लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । नेयमारले उपलब्ध गराएको कठिन पासलाई सदुपयोग गर्दै पेक्वेटाले ३५ औँ मिनेटमा गोल गरेका हुन् ।

ब्राजिलले अब उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।