प्युठानको काेलबाेटमा भएकाे एक्साभेटर दुर्घटनामा तीन जनाकाे मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्युठानको काेलबाेटमा भएकाे एक्साभेटर दुर्घटनामा तीन जनाकाे मृत्यु



हरि प्रसाद भुसाल/अर्घाखाँची माघ १४

 प्युठान जिल्लाकाे काेलबाेटमा भएकाे एक्साभेटर दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । गएराति करिव ९ वजेतिर भएकाे घटनामा ज्यान गुमाउनेमा प्युठान जिल्ला निवासि ज्ञानेन्द्र गाहा मगर, शेषकान्त अर्याल र तिलक गाहा मगर रहेका छन् । ना १ क ३३१९ नम्वरकाे काजि श्रेष्ठकाे जेसिभि तेल हालेर फर्कने बेला व्रेक फेल भएपछि दुर्घटनाग्रस्त बनेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारि दिएकाे छ । सडकबाट करिव ५ सय मिटर तल खस्दा घटनामा अन्य ६ जना घाईते भएका छन् ।

उकालाे बाटाेमा हिडिरहेकाे जेसिभि तलतिरबाट हेरिरहेकाे र साेहि दिशामा जेसिभि पल्टिएका कारण मानविय क्षति भएकाे प्रहरिकाे भनाई रहेकाे छ ।