बुद्ध क्लासिकको उपाधि बुटवलका सुमितलाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बुद्ध क्लासिकको उपाधि बुटवलका सुमितलाई



भैरहवा । प्रथम बुद्ध क्लासिक लुम्बिनी अञ्चल स्तरीय बडिबिल्डिंग तथा मेन्स फिजिक प्रतियोगिताको उपाधि बुटवलका सुमित रानाले जितेका छन् ।

बडिबिल्डिंग तथा फिटनेश एशोसियसन रूपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न प्रतियोगितामा कृष्ण जिम बुटवलका खेलाडी रानाले ओभरअल टाईटलको उपाधि तौल समूहका विजेता ५ खेलाडीहरूलाई पछि पार्दै रानाले उपाधि हात पारेका हुन् । उनले उपाधिसँगै नगद ३५ हजार, पुरस्कार समेत प्राप्त गरेका छन् । प्रतियोगितामा बुटवल फिटनेश आठ पदक जित्दै उत्कृष्ट टिम घोषित भएको छ ।

यसै गरी काठमाडौँ बाहिर पहिलोपल्ट आयोजना भएको महिला स्क्वार्टको उपाधि ए एण्ड ए हेल्थ क्लबका विष्णुमाया पुनले जितेकी छिन । उनले १०१ केजी तौल उचाल्दै उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगर ५ हजार हात पारिन् ।

प्रतियोगितामा कोटिहवाको पावर एण्ड मसल जिमकी सुनिता थापाले ९१ किलो तौल उचाल्दै दोस्रो भएकी छिन् । प्रतियोगितामा बुटवल निर्बोध एरोबिककी रंजिता शेरचन ८६ केजी तौल उचाल्दै तेस्रो भएकी छिन् । पुरुष फिजिक्स तर्फको प्रतियोगिता बुटवल फिटनेशका राजन श्रेष्ठ प्रथम, भैरहवाको एसएस फिटनेशका सुबिन विक दोस्रो तथा भलबारी जिमका अमित पंगेनी तेस्रो भएका छन् ।

यसै गरी बडिबिल्डिङ्गतर्फ ५५ केजी तौल समूहमा निर्बोधका कृष्ण राना प्रथम भएका छन् । ए एण्ड ए हेल्थ क्लबका कृष्ण रणपाल दोस्रो तथा बुटवल जिमका राजन श्रेष्ठ तेस्रो भएका छन् । ६० केजी तौल समूहमा बुटवल फिटनेसका नवीन विक प्रथम भएका छन् । उनी प्रतियोगिताकै उत्कृष्ट पोजर बन्दै समेत घोषित भएका छन् । उनी नगद १० हजारबाट पुरस्कृत भए । यसै गरी द जिमका अर्जुन श्रेष्ठ दोस्रो तथा बुटवल जिमका कोसिस गुरुङ्ग तेस्रो भएका छन् । ६५ केजी तौल समूहमा कृष्ण जिमका सुमित राना प्रथम, बुटवल जिमका सुनिल आले दोस्रो तथा एसएस फिटनेशका विनोद बुढाथोकी तेस्रो भएका छन् ।

७० केजी तौल समूहमा बुटवल फिटनेशका सुभाषमान श्रेष्ठ प्रथम भएका छन् । बुटवल फिटनेशकै सुरज थापा दोस्रो भए भने निर्बोधका रवि बहादुर गाहा तेस्रो भएका छन् । ७० प्लस तौल समूहमा एसएस फिटनेशका विष्णु कुमार निसाध प्रथम भएका छन् । बुटवल फिटनेशका अमर विक दोस्रो तथा बुटवल फिटनेशका वसन्त बहादुर थापा तेस्रो भएका छन् । प्रतियोगितामा बेष्ट पोजरबाट बुटवल फिटनेशका नवीन विक पुरस्कृत भए ।

तौल समूहको प्रत्येक विजेता तथा उत्कृष्ट खेलाडीहरू नगद ५ हजार तथा मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । विजेताहरूलाई रूपन्देही क्षेत्र नम्बर ३(१)का बिधायक सन्तोष पाण्डे, बडिबिल्डींग तथा फिटनेश एशोसियसन नेपालका अध्यक्ष शिबलाल श्रेष्ठ, चिफ जज राजेन्द्र तुलाधर, केशव नागा, प्रेम बहादुर बाशुकला, हंगकंग बडिबिल्डींग तथा फिटनेश एशोसियसनका अध्यक्ष लोकेन्द्र परियार, रूपन्देही जिल्ला अध्यक्ष अर्जुन विक, महासचिव तथा प्रतियोगिता संयोजक बिजेन्द्र मान श्रेष्ठ लगायतले नगद पुरस्कार, प्रमाणपत्र, ब्यानेट र ट्रफी प्रदान गरेका थिए ।