गियरमा समस्या देखिएको बुद्धको जहाज उड्यो, बिहानै तीन उडान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गियरमा समस्या देखिएको बुद्धको जहाज उड्यो, बिहानै तीन उडान



काठमाडौँ । सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म होल्ड भएको बुद्ध एयरको 9N-ANI जहाज आजबाट संचालनमा आएको छ ।

उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

मंगलबार बिहानैदेखि उडान थालेको जहाजले मध्यान्हसम्म तीन वटा उडान भरिसकेको छ ।

बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डय प्राधिकरणका प्राविधिकहरुले जहाजमा कुनै गडबडी नरहेको निष्कर्ष निकालेपछि जहाज पुनः सञ्चालनमा ल्याइएको हो ।

बुद्ध एयरका एक अधिकारीले बताएअनुसार काठमाडौं अवतरण भएपछि गरिएको जेकचाँजमा कुनै गडबडी नभेटिएपछि सञ्चालनमा ल्याइएको हो ।