बुद्धि बंगारो के हो ? यसका भ्रम र यथार्थ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुद्धि बंगारो के हो ? यसका भ्रम र यथार्थ



डा. खगेन्द्र क्षेत्री, दन्तरोग विशेषज्ञ, नर्भिक अस्पताल

मानिसहरुको दाँतको सबैभन्दा पछिल्लो लाइनमा हुने दाँतलाई ‘बुद्धि बंगारो’ भनिन्छ । अंग्रेजीमा पनि यसलाई ‘विज्डम टिथ’ नै भनिन्छ । सबैभन्दा ढिलो उम्रिने दाँत यही हो, जुन करिब १८ वर्षपछि आउन सुरु गर्छ।

उद्विकासको क्रममा पहिले मानिसको बंगाराको आकार केही लाम्चो थियो र पछि चेप्टिँदै आयो भनिन्छ । त्यस क्रममा दाँतको संख्या भने ३२ नै रह्यो । कुनामा रहने भएकाले बुद्धि बंगारोलाई रहने ठाउँ पुग्दैन । त्यसैले कुनामा रहेको बुद्धि बंगारो नियमितभन्दा फरक ढंगले बांगिएर, टेढिएर उम्रिने हुन्छ । विकसित मुलुकमा भने त्यसको कुनै काम नहुने भएकाले निकालेर फालिदिने चलन छ । नेपालमा भने खासै चलन सुरु भएको छैन।

३२ वटा दाँतमध्ये सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ । अगाडिकाले टोक्ने, बीचकाले लुछ्ने र त्योभन्दा पछाडिकाले चपाउने काम गर्छ । तर, सबैभन्दा पछाडि हुने बुद्धि बंगारोको खासै काम आउँदैन।

ब्रस पनि नपुग्ने भएकाले त्यसको हेरचाह पनि कम हुन्छ । बुद्धि बंगारोमा खाना अड्कियो भने त्यसले अगाडिको दाँत पनि बिगार्न सक्छ । माथिको तुलनामा तलपट्टिको बुद्धि बंगारोमा बढी समस्या देखिन्छ । ‘कीरा लाग्ने’ समस्या बंगाराहरुमा बढी देखिन्छ । त्यसको संरचना नै खाल्डाखुल्डीयुक्त र सफा गर्न गाह्रो हुने प्रकृतिको हुन्छ।

स्वाथ्यखबर