बजेटबारे बाबुराम भन्छन: क्यान्सरको रोगीलाई झारफुक गरेजस्तो भयो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बजेटबारे बाबुराम भन्छन: क्यान्सरको रोगीलाई झारफुक गरेजस्तो भयो



काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि आज ल्याएको बजेट विगतकैजस्तो भएको टिप्पणी गरेका छन् । उनले यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको पनि बताए ।

त्यस्तै, उनले बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले भने,‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ त्यस्तै, उनले कृषि क्षेत्रमा पनि बजेट नपुगेको गुनासो गरे । उनले बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे ।