बजेटबाट प्रचण्ड सन्तुष्ट, भन्छन- 'जनतालाई राहत दिने बजेट आयो' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बजेटबाट प्रचण्ड सन्तुष्ट, भन्छन- ‘जनतालाई राहत दिने बजेट आयो’



काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको अवस्थामा पनि जनतालाई राहत दिने हिसाबले बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले आफू आज प्रस्तुत भएको आगामी वर्षको बजेटबाट सन्तुष्ट रहेको पनि स्पष्ट पारे । संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका हुन् । बैठकमा अर्थमन्त्री डा खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे ।

संसद्मा आज प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ । यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० को प्रति टेबुल गरेका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले आज प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १८ गते ११ः३० बजे बस्नेछ ।