यस्तो देखियो लुम्बिनी बुद्ध जयन्तीको साँझ (फोटो फिचर) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो देखियो लुम्बिनी बुद्ध जयन्तीको साँझ (फोटो फिचर)



बैसाख २७ लुम्विनी ।

 

आज बैसाख २७ अर्थात २५६१ औं बुद्ध जयन्ती । देश बिदेशमा बौद्ध धर्मालम्विहरुले धुमधामपूर्वक मनाउने बुद्ध जयन्ती शान्ति दुतका रुपमा रहेका गौतमबुद्धको सम्झनामा गैर बौद्धिस्टहरुले पनि मनाउने गर्दछन् । आजको दिन बुद्ध जन्मभूमि संधैको बर्ष झैं लुम्विनीमा हजारौ भक्तजनको भिड देखिन्थ्यो । देश भित्रबाट मात्र होईन अन्य मुलुकमा दर्शनार्थीहरुको उपस्थितीले पनि लुम्विनी क्षेत्र केहि दिन अघि देखीनै खचाखच छ ।

बुद्ध जयन्ति मनाउन श्रद्धालुहरुको बाक्लो उपस्थितीमा दिप प्रज्वलनले साँझको समयमा यस्तो आभाष हुन्थ्यो कि सम्पुर्ण शान्ति यहि लुम्विनी क्षेत्रमा अडिएको छ । उनको सम्झनामा शान्तिपूर्वक दिप प्रज्वलन गरिरहेका भक्तजनहरुको मौनतामा पनि शान्तिको कदरभाव झल्कन्थ्यो । 

नेपालको लुम्बिनीमा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका सिद्धार्थ गौतमले छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति गरेपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि कमाए । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् । भने पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।

तस्विर:भुवन पाण्डे