बुटवलमा स्नातक तहमा शुरु हुन लागेको बुद्धिज्म, ट्राभल एण्ड दुरिजम विषयमा अन्र्तक्रिया - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बुटवलमा स्नातक तहमा शुरु हुन लागेको बुद्धिज्म, ट्राभल एण्ड दुरिजम विषयमा अन्र्तक्रिया



बुटवल, ३ असोज ।लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा नरेशमान बज्राचार्यले विश्वविद्यालयले नया वियष लिएर शैक्षिक गुरुयोजना कार्यान्वयनमा लागेको बताएका छन् । चार वटा विषयमा रहेर शैक्षिक गुरुयोजना गरिएको बताउदै उनले बुटवलमा शुरु हुन थालेको बुद्धिज्म, ट्राभल एण्ड दुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) न्यु बुद्धिष्ट विषय अन्तर्गत रहेको बताए ।

कोर बुद्धिजम, न्यु बुद्धिजम, जनरल विषय तथा मोनाष्ट्री विषय गरेर चार शैक्षिक कार्यक्रमहरु विश्वविद्यालयले निरन्तर अघि बढाउने उनले बताए ।

बुटवलमा स्नातक तहमा शुरु हुन लागेको बुद्धिज्म, ट्राभल एण्ड दुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम)को विषयमा मंगलबार आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले लुम्बिनीमा केन्द्र बनाएर विश्वविद्यालयले अन्य क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका बिभागहरु देवदह, तिलौराकोट, बुटवल, भैरहवा क्षेत्रमा सञ्चालन गर्ने योजना विश्वविद्यालयको रहेको उनले बताए ।

स्थापनाको ६ वर्षपछि केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातकोत्तर तह सञ्चालन गरेको विश्वविद्यालयले बुटवलमा नया कोर्श सञ्चालन गर्न लागेको हो ।

बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड दुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्दैछ । यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी विश्वविद्यालय अघि बढेको रजिष्टार तिलक आचार्यले बताए । विश्वविद्यालयले भौतिक, शैक्षिक कार्यक्रमहरुको नियमित विकास अगाडि बढाइरहेको भन्दै बुटवलमा सञ्चालन हुने कक्षाले नया आयाम थप्ने बताए ।

कार्यक्रममा बोल्दै विश्विद्यालयका डीन डा. भद्ररत्न बज्राचार्यले बिबिटिटिएम कार्यक्रम नेपालमै पहिलो भएकाले यसले विद्यार्थीहरुले भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुराउने बताए ।

कार्यक्रममा टुरिज्म विज्ञ सुशान्त मरासिनीले विश्वविद्यालले सञ्चालन गर्ने नया कार्यक्रबारे जानकारी गराएका थिए ।

जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने उनले बताए । कक्षा १२ मा कम्तिमा ४५ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने विश्वविद्यालयले जनाएको छ । होटल म्यानेजमेन्ट, इभेन्ट म्यानेज, टुरगाईड, एयर टिकेटर, पर्यटन म्यानेज बन्न चाहने विद्यार्थीहरुको लागि यो महत्वपूर्ण कोर्ष हुने विश्वविद्यालयले जनाएको छ ।

पहिलो वर्ष ४० जना विद्यार्थीलाई मात्रै भर्ना गरिने विश्वविद्यालयका उपप्राध्यापक इन्द्र काफ्लेले बताए । लुम्बिनी क्षेत्र र अन्र्तराष्ट्रिय विमानस्थल निर्माण हुदै गरेकाले यो विषयको अध्ययापन शुरुआतलाई महत्वपूर्ण मानिएको छ ।

यो कोर्ष अन्र्तगत टुरिजम स्टडिज, टुरिजम जियोग्राफी, हस्पिटालिटी स्टडिज, ट्राभल एण्ड ट्रेड , एडभान्चर टुरिजम इन नेपाल, कल्चर टुरिजम, कार्गाे म्यानेजमेन्ट, हेरिटज टुरिजम, होटल अपरेसन म्यानेजमेन्ट, बुद्धिजम एण्ड टुरिजम, एयरलायन्स टिकेटिङ, टुरिजम एण्ड गाइड, टुरिजम एण्ड म्यानेजमेन्ट लगायतका विषयहरु चार वर्षसम्म सञ्चालन हुनेछन् । सेमेष्टर प्रणालीमा सञ्चालन हुने यो कोर्षमा ८ सेमेष्टरको अन्तिममा परीक्षा हुनेछ । कार्यक्रममा यस क्षेत्रका सरोकारवाला व्यक्तिहरुले नया विषयले नेपालकै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए ।