बुढीगण्डकी जलबिद्युत परियोजनाको काम कुनैपनि हालतमा रोकिदैन : ऊर्जामन्त्री शाही - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुढीगण्डकी जलबिद्युत परियोजनाको काम कुनैपनि हालतमा रोकिदैन : ऊर्जामन्त्री शाही



काठमाडौं, असोज ११ ।

बुढीगण्डकी जलबिद्युत परियोजनाको काम कुनैपनि हालतमा नरोकिने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले अघिल्लो साता बुढीगण्डकी जलविद्युत परियोजनाको काम रोक्न निर्देशन दिएको थियो । तर ऊर्जामन्त्री शाहीले बुढीगण्डकी आयोजनाको काम अब नरोकिने बताएका हुन ।

बुधबार राजधानीको एक साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले भने, ‘अदालतमा विचाराधिन रहेको मुद्दामा संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।