बुढीगंगा नगरपालिकाको मतगणना जारी, एमालेले बढायो मतान्तर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुढीगंगा नगरपालिकाको मतगणना जारी, एमालेले बढायो मतान्तर



बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ९३७ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ७ सय मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ७३२ र उपमेयरमा १ हजार ६८७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा १ हजार ३० र उपमेयरमा १ हजार ६७ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ ।