बुद्धको जन्मभूमि लुम्बिनीमा आफ्नै दाजुभाईलाइ मार्नेपनि जन्मिएका रहेछन : ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुद्धको जन्मभूमि लुम्बिनीमा आफ्नै दाजुभाईलाइ मार्नेपनि जन्मिएका रहेछन : ओली



राजु खत्री / बुटवल , १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा आफ्नै दाजुभाईलाइ मार्नेपनि जन्मिएककोमा आफु चिन्तित भएको बताए ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या कायरतापूर्वक र योजनापुर्वक भएको  ओलीले बताएका छन् ।

उनले यो सरकार हत्याराहरुको खोजी गर्न निरुत्साहित भएको बताउदै सरकारले अपराधिको संरक्षणगरि रहेको  आरोप लगाए ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष स्वर्गिय दुर्गा तिवारीको ११ औ दिनको पूण्यतिथीको अवसर पारेर आज देवदहमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

नेकपा एमाले क्षेत्र नं १ रुपन्देही, युवा संघ नेपाल क्षेत्र नं १ रुपन्देही र संयुक्त सघर्ष समितिको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बोल्दै उनले लोकतान्त्रिक विधिबाट शासन गर्ने, राष्ट्रिय एकताका साथ देशलाई अगाडि बढाउने प्रयासहरुलाई असफल पार्नका निम्ती राजनीतिक बाटोबाट पार लागेन भनेर अराजनीतिक र अपराधिक बाटो समेत अख्तियार गरिएको बताए । उनले देवदह  ठाउ सानो भएपनि अपराधका क्रियाकलापहरु धेरै भएको  उल्लेख गरे ।

ओलीले मसिंर १४ लुकेर मध्यरातमा गरिएको सविधान संसदबाट पास हुन नदिने बताए । श्रद्धाञ्जली कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले दुर्गा तिवारीको हत्या गरेर आन्दोलनलाई कमजोर बनाउने खेल गरेको आरोप लगाउदै तिवारीको रक्तबिजबाट हजारौ दुर्गा तिवारी जन्मिने बताए । साथै उनले १५ दिनभित्र सरकारले अपराधिलाई कानुनी कठघारामा ल्याउने निर्णय गरेको बताउदै  रुपन्देहीको शान्ति सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेल सरकारले वाटोविराउदै गएको टिप्पणी गर्दै शंधिान संशाधन प्रस्ताव असफल हुने जिकिर गरे ।

नेकपा एमाले उपमहासचिव घनश्याम भूषालले कायरता पुर्वक गरिएको हत्याको हिसाव किताव गर्ने चेतावनी दिए । कार्यक्रममा स्थायी कमिटी सदस्य एवंम् पूर्व मन्त्री छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ्ग, नेकपा एमाले क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल लगायतले बोलेका थिए ।