‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि ‘बुलबुल’ छनोट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि ‘बुलबुल’ छनोट



काठमाडौं । बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ ‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि छनोट भएको छ ।

जनवरी २८ देखि फेब्रुअरी २ सम्म फ्रान्सको पेरिसमा आयोजना हुने फेस्टिवलका लागि बुलबुल छनोट भएको हो । महोत्सवमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक पौडेल सहभागी हुँदैछन् । यो प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक हो ।

केही अगाडि यो फिल्म नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएको थियो ।

फिल्ममा स्वस्तिमा खड्काका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय देख्न सकिन्छ ।