भुल्दै छन् देउवाले आफ्नै पार्टीको बिधान ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भुल्दै छन् देउवाले आफ्नै पार्टीको बिधान !



हिमाल पोष्ट / १ पुस, काठमाडौं । आन्तरिक बिवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन र बिभागहरु गठन गर्न सकेका छैनन् ।

पार्टीको बिधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ भने ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ ।

साथै सभापति देउवाले ४२ वटा केन्द्रीय बिभाग गठन गर्न बाँकी छ ।

देउवाले यी सबै काम सभापति निर्वाचित भएको २ महिनाभित्रै गरिसक्नुपर्ने थियो । तर सभापति निर्वाचित भएको एक बर्ष पुग्नलाग्दा देउवाले आफ्नै पार्टी बिधान बिर्सेको भन्दै कांग्रेसभित्रै आलोचना हुन थालेको आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।