यसरी खस्यो त्रिशुलीमा बस : इन्दिराको बयान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यसरी खस्यो त्रिशुलीमा बस : इन्दिराको बयान



काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् ।

बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

दुर्घटनामा ​ घाइते भएकी इन्दिरा दमासेले जे देखिन्
-म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ ।

-नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए ।

-बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो ।

-विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन ।

-घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो ।

-तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए ।

-ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो ।

-पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो ।

-म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

मृतक
अर्घाखाँचीको मालारानी गाउँपालिका ९हंसपुरका ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।