राकम दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राकम दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु



जेठ ३१ /हिमाल पोस्ट 

कालिकोटको जितेखडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा  १० जनाकोमृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार १० जनाको ज्यान जानुका साथै १८ जना घाईते भएका छन् ।

असई डोर बहादुर बुढाथोकीका अनुसार उपचारमा निक्कै समस्या आएको बुझिएको छ। कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ।