गुडिरहेको बसमा बम प्रहार,एक जना गम्भीर घाइते - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुडिरहेको बसमा बम प्रहार,एक जना गम्भीर घाइते



कपिलवस्तु, २७ असार ।

गुडिरहेको बसमा बम प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार अपरान्ह शिवराज नगरपालिकाको वनकसवादको उक्कालोमा काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ८९४८ नम्बरको बसमा अज्ञात समुहले भिरमाथिवाट पेट्रोल बम प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रौटका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईका अनुसार बसको पछाडि बसेका बाँके जिल्ला वर्ष ५६ का कमरुद्धिन जोहार घाइते भएका छन् । जोहारको दाहिने हात पूर्ण रुपमा जलेको छ भने बसमा सामान्य क्षति भएको छ ।