कथा : बस नम्बर ८७६ « Himal Post | Online News Revolution
Logo

कथा : बस नम्बर ८७६



केशु खण्डलुक मगर

बिहानको एघार बजेको थियो।टिकट काउन्टर बाट हत्तपत्त सिलुवासम्मको लागि बसको टिकट काटे।एउटा हातमा टिकट च्यापेर टिकटमा लेखिएको नम्बरको बस खोज्दै हिडे बुटवल बसपार्कमा।बसपार्क भरी बस खोज्दा खोज्दा बल्ल देखियो ८७६ नम्बरको बस जुन गाडीमा आज सिलुवासम्मको यात्रा गर्नु थियो।सरासर बसमा गए अनि हेरे आफ्नै टिकटमा सिट नम्बर।बसको गल्लीबाट देब्रे साइडको अन्तिम भन्दा अगडीको सिटमा परेछ।बि तेह्र/चौध लेखिएको सिटमा बसे त्यही।अरू सिट लगभग जम्मै प्याक भैसके पनि मेरो सङ्गैको सिट भने अझै खाली नै थियो।एघार बजे छुट्ने बस एघार बजेर दस मिनेट जाँदा समेत छुटेको थिएन।अरू यात्रुहरु कराउदै थिए अनेकथरी गफ लगाउदै।

यत्तिनै बेला कन्डक्टर भाइ नजिकै आएको बेला बस छुट्ने बेला भएन र भनेर सोधे।जवाफमा उसले घडी हेर्यो र भन्यो ” ह्या दाइ पनि ल्याङ नगर्नुस न,अझै पाच मिनेट बाकी छ।खास छुट्ने समय एघार बजे हो क्या”

“अनि टिकटमै बस छुट्ने समय एघार बजे बनेर तोकिएको छ त भाइ” मैले थोरै रिस मिसाएर जवाफ फर्काए।

“खासमा नि दाइ,एक जना दिदीले मोबाइल कोठामै छोड्नुभएछ,लिन गाकी छे,सुख्खानगर हो अब आइपुग्ने बेला भैसक्यो।” उसले सहज रूपमा उत्तर फर्कायो।कन्डक्टर भाइसङ्ग धेरै बहस गर्नु पनि उचित लागेन।”कस्ती केटी रैछे आफैले चलाउने मोबाइल समेत छोड्ने” कोही भन्दै थिए।”होइन कस्ता कस्ता मान्छे हुन्छन् कुन्नि,कमसेकम अरू मान्छेलाई हतारो हुन सक्छ,वर्षाको समय छ गाउँ पुग्नलाई समस्या हुन्छ भन्ने बुझ्नुपर्छ नि” यस्तै यस्तै बोलिरहेका थिए अरू यात्रुहरु।”ओहो,मलाई पनि घर पुग्नलाई सिलुवाबाट फेरि हिडेर तीन घण्टा लाग्छ,पुगिएन भने त बर्बाद हुन्छ”मनमनै सोच्दै थिए।

यतिकैमा कन्डक्टर भाइ करायो “क्या हो दिदी,फेसबुक चलाउने मान्छे भएर पनि मोबाइल बिर्सिने?कि भेनाजुलाई सम्झिनु भाथ्यो?” अनि फेरि कन्डक्टर भाइ हासेको सुने।

“साच्चिकै कति मनको सफा हुन्छन् यी कन्डक्टर दाईभाईहरू,जसलाई पनि आफ्नै सम्झिने अनि ठट्टा,मजाक गरिहाल्ने” यही सोचेर हासीरहे मनमनै।

यत्तिकैमा मेरो नाजिकैको सिटमा एक जना केटी आएर बसिन जो उहीँ मोबाइल छोड्नेवाला केटी थिई।आफ्नो सानो झोला पिठ्युबाट निकालेर अगाडि राख्दै उ सिटमा बसी।कन्डक्टर भाइले दुइचोटी  “ध्याप,ध्याप” बजायो अनि गाडीले आजको यात्रा सुरु गर्‍यो।

एकचोटि उनै केटी तिर फर्केर हेरे।सर्लक्क मिलेको ज्यान सायद जिरो फिगर भन्दा कुनै फरक पर्दैनथ्यो।सिल्की कपाल,गोरो अनि गोलो अनुहार।नाक,आँखा अनि मुख सबै मिलेको।जिन्स पाइन्ट,भित्र ब्ल्याक टिसर्ट अनि त्यही टिसर्ट माथि ब्ल्याक अन व्हाइट चेक सर्ट लगाएकी बटन खुल्लै छोडेकी।आजसम्म कुनै केटीले तान्न नसकेको मेरो ध्यान त उनैले पो तानिन जसलाई भर्खरै मात्र भेटेको हु।मनमनै सोचे “भागवानले आजसम्म मलाई सिंगल राख्नुको कारण त यति राम्री केटीलाई आफ्नो बनाउन सकोस भनेर पो रहेछ।”।मनले पनि यतिखेर अनौठो गीत गाउन खोजिरहेको थियो।ज्यान आफ्नै संसारमा उसलाई बायुपंखी घोडामा चढाई लैजान तमतयारी अवस्थामा बसिसकेको थियो।सायद उनी सङ्गै एउटै सिटमा बस्दा मात्रै पनि मन यति खुसी थियो कि मानौ म कुनै युद्ध जितेर आएको राजकुमार हु।

अघि बिहानै मात्र बुबाले भन्नुभएको कुरा सम्झेपछी पो मन झसङ्ग भयो।अघि भर्खरैको त्यो सबै चाहना एक्कसी सगरमाथाको टुप्पोबाट तराईमा झर्यो।साँच्चै म कति अभागी।मेरो खुसी पाचमिनेट पनि टिक्न सकेन।अनुहारमा एक्कसी कुइरो छायो।उनी सामु फर्किने आट गर्न समेत सकिन अनि झ्यालबाट सिद्दबाबाको त्यो पहाड नियाल्दै थिए।सोचे “यो पहाड जस्तै कठोर मन रहेछ त्यो भागवनको पनि जसले मेरो खुसी पाचमिनेट सम्म पनि टिक्न दिएन।”

बिहानै बुबाले कल गरेर भन्नुभएको थियो “बाबु,केशु जसरी नि आजै आइहाल है घर,तिम्रो लागि हामी भोलि बिरे अंकलको छोरीलाई हेर्न जादैछौ”

“तर बुबा,म अहिले नै बिहे गर्न चाहन्न।हजुरलाई थाहै छ त म मेरो करियर बनाउन तिर लाग्नुपर्छ” मैले अनुरोध स्वरूप भनेको थिए।

“तेसो नभन,मैले पनि जागिर नगर्दै तिम्री आमालाई बिहे गर्या हो,खोइ जिन्दगी राम्रो सङ्गै चल्यो,चलिराको छ कि तैले अरू नै केटी मन पराउछ्स भने भन बरु”

“तेस्तो होइन,बुबा मेरो कोही केटी छैन तर म अहिले बिहे गर्न चाहन्न” मैले अनुनय बिन्ती गरेको थिए।

“तलाई थाहा छ त,बिरे अंकल मेरो सानैदेखिको मिल्ने साथी हो।उ सङ्ग सम्धी सम्धीको नाता जोड्न पाउनु भनेको मेरो लागि निकै ठुलो कुरा हो फेरि त्यो नानीले पनि त राम्रै सङ्ग पढेकी छे”

“होइन बुबा,म अहिले बिहे गर्दिन”

“तेसो नभन बाबु,घरबार भन्ने कुरा जहिले गर्दा पनि हुन्छ।यसले पढाइमा करियरमा असर गर्छ भन्नू त एउटा भ्रम मात्र हो।बिहे गरेसी बरु दुवै जना उतै बस्लास नि बरु”

बुबाले भन्नुभएको थियो।

बुबा गाउकै एउटा स्थायी शिक्षक भएकोले मलाई कहिल्यै दुखी हुन दिनुभएन।त्यसैले मैले नि सोचे अखिर बुबाआमाकै खुसीको लागि भए पनि मैले बिहे गर्नुपर्छ।अखिर बिरे अंकल पनि बुबाको एकदमै मिल्ने साथी हुनुहुन्थ्यो।उहाँ अवकाश प्राप्त इन्डियन आर्मीको हवल्दार हुनुहुन्छ।रामपुरमै घर बनाएर बस्नुहुन्छ भनेको बुबाको मुखमात्रै सुनेको छु।तर उसको छोरीलाई भने मैले एक पटक पनि देखेको छैन जो सङ्ग म मेरो यो जुनी बिताउदैछु।

“एक्स्क्युज मी,मलाई झ्यालमा बस्न दिनुस न है,मलाई वोमिट आउँछ भन्या” उसले यसरी भनेसी बल्ल म आफ्नै  सोचमग्न संसारबाट फिर्ता आए।उसको अग्रहलाई स्वीकार्दै मैले हुन्छ भने।उसलाई मेरो सिटमा बस्न दिए अनि म उसको सिटमा बसे।

उनी झ्यालतिर फर्किएर बसेकी थिइन।झ्यालबाट आउने हावाले उसको केश मेरो अनुहारमा स्पर्श गरिदिदा मलाई संसार बिर्सिने ताकत दिराखेको थियो।म ठुलो द्विविधामा परे।मैले मेरो मनको तराजुमा बुबाआमाको खुसी अनि मेरो आफ्नै खुसीलाई राखेर तौले तर सही निष्कर्ष लिन सकिन।

जीवन बिताउने मैले हो,त्यसैले मैले मेरो आमाबुबालाई सम्झाएर जसरी म खुसी हुन्छु त्यसरी नै आफूले निर्णय लिनुपर्छ।यस्तै सोचिरहे अनि मनमा धेरै प्रश्न खेलिरह्यो।

 

मैले उसलाई बोलाउनै पर्छ भन्ने सोचेर बोलाए “सुन्नुस,न तपाईँ कहासम्म जाँदै हुनुहुन्छ?”तर उनी बाट कुनै जवाफ आएन।दोस्रोपटक भने “ए सुन्नुस न,तपाईँ कहासम्म जाँदै हुनुहुन्छ?” यस पटक उसले सुनेछिन क्यारे।एउटा हातले इयरफोन कानबाट निकाल्दै बोली “तपाईँ मलाई केही भन्दै हुनुहुन्छ?”

“उम,हजुरको झोला खसेको छ” ठ्याक्कै कुरा मोडिदिए।मैले त ठुलै खड्को टारे जस्तै महसुस गरे।जवाफमा उताबाट “थ्यान्क यु ल” आयो।

“तपाइको नाम?” मैले फेरि प्रश्न गरे अनि जवाफमा उताबाट ‘अञ्जली’ आयो।

“तपाईँ कहासम्म जाँदै हुनुहुन्छ?”

“म घर जाँदै छु,रामपुर हो मेरो घर”

“ए,अनि बुटवल के गर्नुहुन्छ नि?”मैले भने।

“पढ्छु,तपाईँ?

” म बुटवल बहुमुखीमा ब्याचलर फोर्थ इयर अनि तपाईँ कुनमा नि?”

“म कालिकामा पढ्छु,अस्ति मात्रै सेकेन्ड इयरको एक्जाम दिएर कम्प्युटर डिप्लोमा कोर्ष गर्दै थिए।” उसले निकै मीठो आवाजमा जवाफ फर्काई।मलाई उसको जवाफ नसुनी बस्न मन लागेन।

अनि फेरि बोले “अनि अहिले किन जाँदै हुनुहुन्छ नि घरमा?

“यत्तिकै एउटा सानो काम परेकोले जान लाकी” उसले छोटो जवाफ फर्काइ?

यसरी हामी बिच धेरै कुरा भयो।फेसबुक आइडी ,फोन नम्बर सटासाट भयो।जिन्दगी,पढाई,प्रेम सुखदुःख सबै विषयमा।उसको लवाई फरक भए पनि बोली अनि व्यवहार भने बिल्कुल फरक थियो।हामी यो दुइघन्टासम्मको यात्रामा यति नाजिकियौ कि उसले आफ्नो ब्वोइफ्रेन्ड सङ्ग केही समय अगाडि मात्र ब्रेकअप भएको कुरा सुनाउन सम्म भ्याई।यो ब्रेकअप सुन्नेबित्तिकै मेरो मन बैशले मात्तिएको घोडा जस्तै ब्रुक ब्रुक उफ्रिरहेको थियो।यसरी यति नाजिकियौ कि मानौ हाम्रो युगौ देखिको नाता छ।

“अन्जली,के हामी साथी बन्न सक्छौ?” मैले मनको प्रश्न राखिदिए।

“अनि,हामी साथी नै छौ त होइन र?” उसले मुसुक्क हासेर जवाफ फर्काई।

“हो,तर त्यो भन्दा अर्को साथी जसले जिन्दगीको हरेक सुखदुःखमा हात नछोडोस अनि साथ दिन पछि नहाटोस” यतिखेर म भावुक बनेको थिए।मेरो मनबाट बिहानै मात्र मेरो बुबाले गरेको अनुरोध अब धेरै पर भागिसकेको थियो।

उ निकै बेर सम्म टोलाइरही अनि भनी “केशु,सायद जोडी त भागवनले माथिबाटै बनाउछ होला र त प्रेममा हरेक बाहना आइदिन्छन प्रेम छुटाउनको लागि”।यति बेला उसलाई भावुक हुने पालो उसको थियो।मलाई पनि सोध्न  नहुने प्रश्न गरेकोमा पछुतो भयो।

केहिबेर मौनता छायो।गाडीको भैब्रेसन बाहेक केही सुनिएन।फेरि मौनता उसैले भङ्ग गर्दै बोलिन

“केशु,जनम सङ्गको तीनबर्षको मेरो अफेयर टुट्यो र पनि मलाई कुनै असर गरेन किनकि त्यो टिनएजको एउटा भ्रमिक प्रेम मात्र थियो।यो तिनघण्टामा जति खुसी पाए त्यो खुसी सायद पाउदिन होला।सायद तपाइजस्तो साथी मलाई केहिछिनको लागि मात्र पठाएका होलान् है”

मैले उसको कुरा बुझ्न सकिन।म नबोली रहे मात्र।फेरि उनी नै बोल्न थालिन “तपाईँ मलाई साच्चिकै माया गर्नुहुन्छ र?”

“उम,मैले आजसम्ममा मन पराएको केटी तपाईँ नै हो।म मेरा सुखदुःख सबै तपाइसङ्गै बाड्न चाहन्छु यदि तपाईँ चाहनुहुन्छ भने मात्र” यति खेर मैले लामो जवाफ फर्काए।

“के तपाईँ आफ्नो आमाबुबालाई छोडेर म सङ्ग बस्नुपर्यो भने बस्नुहुन्छ?” यतिखेर उसले केही हासे जस्तो गरेर बोली।उसको यो प्रश्नले मबाट कस्तो उत्तर अपेक्षा गरिरहेको छ त्यो सम्म थाहा पाउन सकिन।

“न म मेरो आमा मेरो आमाबुबालाई छोड्न सक्छु न तपाईँलाई नै छोड्न सक्छु,अन्जली।म त सधैँ तपाईहरु तीनजना सङ्ग बस्न चाहन्छु” मैले अनायसै उत्तर फर्काए।उ निकै बेर हासीरही।बसका सबै यात्रुले हामीतिर आँखा तन्काउन भ्याए।म लाजले पानीपानी भए।

।अनि उ हास्दै बोली “यति छिटै भेटेको मान्छेको विश्वास गर्न गाह्रो हुन्छ भनेर मात्र मैले बिचार लिएको तपाइको।तपाइको यो उत्तरले मेरो तपाइप्रतिको विश्वास झन् बढेको छ।हुन्छ म पनि हजुरलाई साथ दिन चाहन्छु केशु सधैँ भर”।

यो क्षण मेरो जीवनकै स्वर्णिम पल थियो।आज जति सायद खुसी कहिल्यै भएको थिइन र सायद अब हुदिन होला पनि।”हजुरलाई सधैँ साथ दिन चाहन्छु केशु” उसको यो शब्दले मनलाई भित्रै सम्म छोयो अनि दुबैकानमा निकै बेरसम्म गुन्जिरह्यो।उदितनारायण झाको “पुरा भयो सपना मेरो,तिमी नै हो जीवन मेरो…” यो गीतमा म अञ्जलीलाई लिएर सरङकोट डाडामा नाच्दै हिडिरहे।

अब मेरो यात्रा सकिन सकिनै आटेको थियो।तर मलाई उनीबाट पटक्कै छुटिने मन थिएन।ठ्याक्कै नाइ नभन्नु ल फिल्मको हिरो शिशिरलाई सम्झे अनि मैले पनि शिशिर जस्तै बनेर भागवनसङ्ग बिन्ती बिसाए “हे भागवन,यो गाडी केही समयको लागि बिग्रीयोस ताकी म अञ्जलीसङ्ग केही बेर गफ गरेर बस्न सकु।” तर त्यस्तो चमत्कार केही भएन।  मनमनै हासिरहे फेरि मनमनै बिन्ती गरे

“हे भागवन,आज एकैछिनको लागि भए पनि त्यो सिलुवालाई केही पर लागिदेउ”

अह,फेरिपनी त्यस्तो चमत्कार केही भएन।अखिरीमा अन्जलीसङ्ग छुट्टिनु नै पर्ने भयो।उसलाई आफ्नो ख्याल राख्नु भन्ने बाहेक केही भन्न सकिन।म झर्ने कुराले उसको अँखाको डिलमा सायद आँसु भरिएको थियो।उनी बोल्न सकिरहेकि थिइनन।यो माया भन्ने चिज नै यस्तो हुँदो रहेछ ” बर्षौ देखि परिचित मान्छेहरूसङ्ग नहुने तर केही घण्टा साथमा हुनेहरू सङ्ग पनि जीवनभरिलाई पुग्ने गरी बसिदिने।”

म सिलुवा ओर्लिए अनि घुम्ती नकाटुन्जेल बसलाई नियालिरहे जुन बसले मलाई आफ्नो मनको मान्छे भेटाउन धेरै ठुलो सहयोग खेलेको ‘बस नम्बर ८७६’।

साझ घर आइपुगे।बाटोभरि उनै अञ्जलीको यादले सताइरह्यो।अब मलाई सबैकुरा मेरो बुबाआमासामु भन्नू थियो।मैले सबैकुरा बुबालाई भनिदिए।

“ठिकै छ,बाबु हामी सधैँ तिम्रै खुसी चाहन्छौ तर हामीले हाम्रो वचनलाई बेवास्ता गर्नुहुदैन।भोलि रामपुर गएपछि म सबै कुरा मेरो साथी बिरेलाई भनिदिन्छु।तर भेट्न चाहिँ जानै पर्छ है?”

बुबाको सहमतिले मेरो मन औधी खुसी भयो।अनि हत्तपत्त अञ्जलीलाई कल गरे।अन्जली धेरै खुसी भैइन।मेरो अँखाबाट आँसु खस्यो सायद उसको पनि।किनकि अब मेरो प्रेममा कोही टागरो बन्न सक्दैनथ्यो।मैले कहिल्यै नदेखेको त्यो बिरे अंकलको छोरीसङ्ग बिहे गर्नुपर्दैनथ्यो।

भोलिपल्ट बिहानै रामपुर गयौ।त्यो बिहेको सम्बन्ध तोडेर फेरि बुबाको पुरानो दोस्ती भने कायमै राख्नु थियो।रामपुर पुग्यौ।रामपुरमा हाम्रो स्वागतको लागि निकै तयारी गर्नुभएको रहेछ।उनीहरू सोच्दै थिए “हामी सम्बन्ध जोड्न आइरहेका छौ” तर हामी वैवाहिक सम्बन्ध तोड्न गएका थियौ।

बिरे अंकलको घरको बैठक कोठामा बसिरहेको बेला अंकलले भन्नुभयो “ए छोरी,अंकलहरुलाई चिया ल्याउदेउ त”

जब अंकलको छोरी चिया लिएर आइन तब मन एक्कसी फुरुङ्ग भइदियो।खुसीले मन कपासजस्तो भएर माथि माथि उडिरह्यो।मनले सन्तोषको सास फेरिरह्यो मानौ म सगरमाथाको सफल आरोहण पश्चात् चुचुरोमा सारा दुख भुलिरहेको छु।अनि खुसीले अंकलको छोरीलाई नियाली रहे अंकलको छोरी उनै अन्जली थिइन जसलाई बस नम्बर ८७६ को गाडीमा भेटेको थिए।एकाअर्कालाई जिबनसाथी बनाउने सम्झौता हामीले हिजो नै गरिसकेका थियौ।