आजदेखि फेरी खुल्यो बसको टिकट बुकिङ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

आजदेखि फेरी खुल्यो बसको टिकट बुकिङ



१७ असोज, काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी दशैंमा थप बस चलाउन तयार भएका छन् । आजदेखि दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा र्पुयाउन व्यवसायीहरु सहमत भएका छन् ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ ।

सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए ।

आजबाट थप टिकट बुकिङ खुलेसँगै सरकारले स्कुलका तथा सुरक्षा निकायको बस चलाउने तयारी तत्कालको लागि स्थगित भएको छ ।

गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन मानिरहेका थिएनन् ।

onlinekhabr