कलेज बस दुर्घटना हुँदा २२ जना घाइते - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कलेज बस दुर्घटना हुँदा २२ जना घाइते



भक्तपुर । भक्तपुरमा कलेज बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज खान आएको बा ५ ख ४२८६ नम्बरको बस सडकमा पल्टिँएर दुर्घटना भएको हो ।

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गर्दा सडकमै बस पल्टिएको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार, घाइतेमध्ये २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ । घाइते २० जना इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । फाइल तस्वीर :