बुटवलमा तरुण दलको बिशाल मोटरसाइकल र्याली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवलमा तरुण दलको बिशाल मोटरसाइकल र्याली



हिमाल पोष्ट / बुटवल,चैत्र २८ । नेपाल तरुण दल रुपन्देही क्षेत्र न ४ ले बुटवलमा बृहत मोटरसाइकल र्याली निकालेको छ । भोली भैरहवामा नेपाली कांग्रेसले गर्न लागेको बृहत आमसभाको पूर्वसन्ध्यामा बुटवलमा सयौं युवाहरुले बृहत मोटरसाइकल र्याली निकालेको हो ।

बुटवलको मिडियाचोकबाट शुरु भएको र्याली अस्पताललाइन,भुड्की चोक,दीपकनगर,शिबनगर हुदै चौराहा,योगिकुटीहुदै देबिनगर,मिलनचोक,अमरपथ,हाटबजार ,गोलपार्क हुदै पुन ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

सो अबसरमा नेपाल तरुण दलका पुर्व केन्द्रिय सचिब चिरञ्जिबी जोशी,कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे,तरुण दल क्षेत्रिय सभापति क्षेत्र न ४ का हसन्त लामा लगायतले बोल्दै स्थानीय तहको निर्बाचनमा कांग्रसलाइ बहुमत दिनेगरि चुनावमा होमिन सबैलाइ आग्रह गरेका थिए ।

शान्ति ,समृद्धी सद्भाब,एकता र संबिधान कार्यान्वयनका लागि नेपाल कांग्रेसले भैरहवाको हनुमान मन्दिर मा प्रदेश न ५ स्तरिय बिशाल आमसभाको आयोजना गरेको हो ।

सभामा नेपाली कांग्रेसका सभापति ,पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा शशांक कोइराला,पूर्व महामन्त्री कृष्ण सिटौला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।