बुटवल उवासंघको अधिवेशन असोज २५ ,२६ र २७ मा  - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बुटवल उवासंघको अधिवेशन असोज २५ ,२६ र २७ मा 



बुटवल, २८ भदौ । बुटवल उद्योग वाणिज्य संघको २३ औं अधिवेशन तथा ६४ औं बार्षिक साधारण सभा आउंदो असोज २५, २६ र २७ गते हुने भएको छ ।
संघको मंगलबार सम्पन्न कार्यसमितिको बैठकले असोज २५ गते साधारण सभा तथा अधिवेशन उद्घाटन तथा बन्द सत्रको कार्यक्रम र त्यसपछि निर्वाचनको कार्यक्रम गर्ने निणर्य गरेको छ । संघका अध्यक्ष महेशमान सिंहको सभापतित्वमा संघ सचिवालयमा बसेको बैठकले सभा तथा अधिवेशन तयारी र व्यवस्थापनका लागि बिभिन्न उपसमिति गठन गरेको छ । महासचिव हरि अर्यालको संयोजकत्वमा स्मारिका प्रकाशन, कार्यसमिति सदस्य नरिश्वर पौडेलको संयोजकत्वमा खाना तथा जलपान, मनोज ध्वजुको संयोजकत्वमा स्टेज तथा मञ्च निर्माण, अनुपमान सैंजूको संयोजकत्वमा प्रस्ताव लेखन, सुनिलकृष्ण कसजुको संयोजकत्वमा मत सर्वेक्षण र नविन श्रेष्ठको संयोजकत्वमा किट ब्याग व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै संघका सल्लाहकार तथा पुर्वअध्यक्ष अर्जुनमान सैंजूको संयोजकत्वमा आर्थिक पत्रकारिता पुरस्कार छनौट र सल्लाहकार तथा पुर्वअध्यक्ष निर्मलप्रसाद लाकौलको संयोजकत्वमा उद्योगी तथा व्यवसायी सम्मान छनौट समिति गठन गरिएको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्न संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिएको संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिए । बुटवलकै पुरानो र प्रभावशाली एवं उद्योगी व्यवसायीको छाता संस्था बुटवल उद्योग वाणिज्य संघमा करिब ३ हजार उद्योगी व्यवसायी सदस्य छन् ।