बुटवलकाे अस्पताल लाइनमा दुर्घटना ,६ सवारीमा क्षति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलकाे अस्पताल लाइनमा दुर्घटना ,६ सवारीमा क्षति



अाचार्य प्रदीप
बुटवल : बुटवलको अस्पताल लाइनमा सवारी दुर्घटनामा छ वटा सवारीमा क्षति भएको छ । बुटवल बसपार्क बाट अस्पताल लाइन जाँदै गरेको टिप्पर अनयन्त्रित भएर दुर्घटना भएकाे प्रहरीले बताएकाे छ ।

ना ५ ख ७१९४ नम्बरको ट्रिपरले बा १८ च १५१२, बा १० च १३४२ र बा १६ च ३०१९ नम्बरका ३ वटा कार र लु ३१ प ९८८५ , लु ११ प १७९७ र लु १८ प २०७० नम्बरका ३ वटा मोटरसाइकल लाई ठक्कर दिएको छ ।

ट्रीपर ले लुम्बिनी अस्पताल को गेट अगाडी पार्किङ गरि राखेका कार र मोटरसाइकल लाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रीपर र चालकलाई प्रहरीले नियन्त्रण मा लिएको छ । घटनामा कुनै पनि मानविय क्षति भएकाे छैन् .