बुटवलबाट सार्वजनिक भयो ‘मम चाउमिन’ गीतको कभर भिडियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवलबाट सार्वजनिक भयो ‘मम चाउमिन’ गीतको कभर भिडियो



हिमाल पोस्ट /बुटवल बैशाख ७ 

जेठ १२ गतेदेखि प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘हिटलर’को ‘मम चाउमिन’ बोलको चर्चित गीतको कभर भिडियो सार्वजनिक भएको छ ।

बुटबलका विभिन्न रमणिय स्थानमा छायाङ्कन गरिएको भिडियोमा आकाश पन्त र सुमन थापा मगरको संयुक्त निर्देशन रहेको छ ।

भिडियोमा निशा विश्वकर्माको कोरियोग्राफी रहेको छ भने रेनुका थापा मगर, विरेन अधिकारी, अस्मिता राना, विष्णु राना, संगीता भण्डारी, बविना गलामी, लालु चौधरी, एलि श्रेष्ठको उत्कृष्ट नृत्य रहेको छ ।

साथै बाल कलाकार अमन राना र मिस्मा थापाको अभिनय रहेको छ । उक्त भिडियोमा सहायक छायाङ्कन आकाश पन्तको रहको छ भने सुमन थापा मगरको छायाङ्कन/सम्पादन रहेको छ ।