बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु,मतदान साँझ ५ बजे सम्म - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु,मतदान साँझ ५ बजे सम्म



आचार्य प्रदीप
बुटवल, २७ असोज । बुटवल उद्योग बाणिज्य संघको अधिबेसनको अन्तीम दिन नयाँ नेतृत्वको लागी मतदान भईरहेको छ । बि.स. २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुइ ब्यबसायी राजनीतिक प्यानल सहित चुनावी मैदानमा छन्।

आज विहान ११ वजेवाट बुटवल उद्योग बाणिज्य संघमा सुरु भएको निर्वाचनमा मतदाताको उल्लेखनिय सहभागि रहेको छ आआफ्नो प्यानललाई जिताउन वाहिर प्रचार होडिङर्वोड पर्चा लिएर भोट मागीरहेका छन ।

कांग्रेसको तर्फबाट खिम बहादुर हमाल र एमालेको तर्फबाट कृष्ण कुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन्। आगामी तीन बर्षका लागि संघमा नयाँ नेतृत्व चयन गर्नेछ।

अध्यक्ष पदका उम्मेद्वारहरु हमाल र श्रेष्ठ मतदान गर्दै

हमाल वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने श्रेष्ठ अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए। हमालको प्यानलमा उज्जल प्रसाद कसजु वरिष्ठ उपाध्यक्ष, अनिलकुमार श्रेष्ठ उद्योग उपाध्यक्ष, हरि प्रसाद अर्याल वाणिज्य उपाध्यक्ष, दिनेश प्रसाद श्रेष्ठ महासचिव, बिमलराज भट्टराई कोषाध्यक्ष एवं कमल प्रसाद पौडेल सचिव पदका उम्मेद्वार छन्।

यस्तै श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्ष जयप्रकाश गुप्ता, उद्योग उपाध्यक्ष शोभाखर पोखरेल, वाणिज्य उपाध्यक्ष, कृष्ण प्रसाद पौडेल, महासचिब बिरेन्द्र केशर जोसी, कोषाध्यक्ष गौरि शंकर गुप्ता र सचिबमा कमला पोखरेलले उम्मेद्वारी दिएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागी हमालले प्रजातान्त्रिक र श्रेष्ठले प्रगतिशिल ृकम्युनिष्टे प्यानलको नेतृत्व गरेको एक व्यवसायीले जानकारी दिए। २५ सदस्यीय कार्यसमितिमा उद्योगबाट सात र वाणिज्यबाट चार जना खुल्ला सदस्य चुनिन्छन्।

यस्तै चार जना महिला र दुई जना एसोसिएट सदस्य निर्वा्िचत गर्ने व्यवस्था संघको विधानमा रहेको छ। संघमा २६ सय सदस्य छन्। उनीहरु मध्ये १ हजार ९ सय ९९ जनाले मतदानको अधिकार पाउने सचिबालयले जनाएको छ।

अध्यक्षका प्रत्याशी हमालले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा वनाएर चुनावी मैदानमा उत्रिएका छन ।