बुटवल मिलनचोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बुटवल मिलनचोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु



बुटवल, १५ भदौ-

बुटवलको मिलनचोकमा बिहीबार दिउसो सवारी दुर्घटना भएको छ । र्घटनामा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा ६४प ६३८४ नम्बरको मोटरसाइकललाई MH ०४ eb ५३७६ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । भारतीय ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।