बुटवलमा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेको मेयर र उपमेयर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवलमा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेको मेयर र उपमेयर



२१ असार,बुटवल ।
बुटवल पमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर जितेको छ ।
मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ र उपमेयरमा गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भए ।

उनीहरुले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र जगत पोखरेललाई फराकिलो अन्तरमा पराजित गरेका हुन् । खेलराजले २० हजार ८५१ र जगतले १४ हजार ४९२ मत पाए ।

वडा तहमा पनि एमालेले बहुमत स्थानमा जित हासिल गरेको छ । वडा तहमा जनमुक्ति पार्टीसँग समेत मिलेको कांग्रेस जम्मा ३ वडामा सीमित भएको छ ।

कांग्रेस माओवादी गठबन्धन र ५ नम्बर प्रदेश बिभाजन विरुद्धको आन्दोलनको केन्द्र रहेका कारण बुटवलको चुनाव सबैभन्दा चर्चा र चासोमा थियो ।

Onlinekhabar