बुटवलमा कांग्रेस-माओबादीले ‘बसोबासकै आधारमा सुकुम्बासीलाई पुर्जाको ’ व्यबस्था गर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलमा कांग्रेस-माओबादीले ‘बसोबासकै आधारमा सुकुम्बासीलाई पुर्जाको ’ व्यबस्था गर्ने



बुटवल, २ असार ।

सुकुम्बासी समस्यालाई प्रहिलो प्राथमिकतामा राखेका नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डे तथा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले शुक्रबार बुटवलको सुकुम्बासी समस्याका रुपमा रहेको ११ नं. वडामा घरदैलो गर्नुभएको छ ।

बसोबासकै आधारमा सुकुम्बासीलाई जग्गाधनी पुर्जाको व्यबस्था गर्ने, तिनाउ तथा दानव नदिको व्यबस्थापन तथा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका मेयर पदका उम्मेदवार पाण्डेले बताउनु भयो ।

बुटवल उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरी चुनावी प्रचार प्रसारमा छन् । सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्नुभएका पाण्डेले आफ्ना एजेण्डा समस्या भोगेका जनतालाई राख्न र आफ्ना एजेण्डा बुझाउनकालागि सोही क्षेत्रमा घरदैलो गरेर जनतलाई बुझाउने काम गरेको बताउनु भयो । एकातिर सुकुम्बासी समस्या सामाधान गर्ने र अर्कोतिर त्यस क्षेत्रको बृहत्तर बिकास सम्भव छ र त्यो हामीले नै गछौं भन्ने सन्देश दिईएको उपमेयर पदका उम्मेदवार जगतबहादुर पोखरेलले बताउनु भयो ।

घरदैलोका क्रममा मतदातालाई मतदान गर्ने तरिका समेत सिकाईएको थियो । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रयाप्त मतदानको शिक्षा नहुँदा बढी मत बदर भएकाले बदर हुन नदिकालागि पनि मतदातालाई मतदान गर्ने तरिका सिकाईएको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति तथा प्रचार प्रसार समितिका संयोजक हरि लम्सालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको तर्फबाट वडामा अध्यक्षकी उम्मेदवार सावित्रा टण्डन सहित सदस्य पदका उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता संगै घरदैलोमा सहभागि रहनुभएको थियो । घरदैलोका क्रममा उम्मेदवारहरुले त्यहाको त्यसबाहेकका समस्याहरु लिएका थिए । सो क्रममा मेयरका उम्मेदवार पाण्डेले ५ वर्ष भित्रमा त्यहाका समस्यालाई क्रमिक रुपमा समाधान गर्दै जाने र अर्को चुनावमा सुकुम्बासीलाई देखाएर कुनैपनि दलले भोट माग्ने प्रबृत्तिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चुनावी तालमेल गरी प्रचार प्रसारमा रहेका मेयर तथा उपमेयरका उम्मेदवारहरु पाण्डे र पोखरेलले बुटवल उपमहानगरपालिकाका बिभिन्न स्थानमा घरदैलो गर्नुभएको छ भने मतदातासंग आन्तरिक भेटघाट गरि मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गरिरहनु भएको छ । मतदाता पनि आफूहरुको उम्मेदवारी दिने तयारीले उत्साहित भएको उहाँहरुले बताउनु भयो ।