सिद्धबाबामा खसेको पहिरोले कार र ट्रक पुर्यो,२ जनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिद्धबाबामा खसेको पहिरोले कार र ट्रक पुर्यो,२ जनाको घटनास्थलमै मृत्यु



बुटवल,असोज ७ ।

पहिरो हटाएर एकतर्फि सडक सुचारु भएको केहि छिनमै पुनःखसेको पहिरोले सिद्धबाबामा कार र ट्रक पुरेको छ ।

२ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरेको हो । ट्रक र कार ध्वस्त भएका छन् । मृत्यु हुने २ जना पुरुष हुन् भने उनीहरुको पहिचान खुलेको छैन ।

प्रहरीले उद्धार गर्न सकेको छैन । बाटोमा सयौ सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

दशैंमा घर जान हिडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो ।
सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।कपिल ज्ञवालीको सहयोगमा