बुटवल सधै सर्बोत्कृष्ट-तर किन बनाईन्न महानगर ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवल सधै सर्बोत्कृष्ट-तर किन बनाईन्न महानगर ?



बुटवल, देशभरका सबै नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ ।संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर,उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ठ बनेको हो ।

०६९ साल यता बुटवल लगातार सर्बोत्कृष्ट हुंदै आएको छ । अघिल्लो बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएकाथिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५० , ५० अंक मापन गरेर मुल्यांकन गरेको थियो । प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा बृद्धि हुने प्राबधान छ । सुशाशन, कार्य्विधि,समूदाय परिचालन, योजना कार्यान्वय लगायतका मूल्यांकनको कुल एक सय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो ।

उपमहानगरपालिकाले प्रत्येक टोलमा टोल विकास समिति गठन गरेर उनीहरुमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेको छ । बुटवलमा स्थानीय शाशन तथा सामुदायीक विकास कार्यक्रम अर्को उपलब्धीमुलक कार्यक्रम हो । उपभोक्तासंगको साझेदारीमा नगरभित्रको टोल टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् । बुटवललाई अध्यारोरहीत बनाउन सौर्य सडक बत्ती विस्तार, कृषि उपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज संचालन लगायतका महत्वकांक्षी योजनाहरु पनि संचालनमा छन् ।

लगातार देशकै सर्बोत्कृष्ट भएपनि बुटवललाई महानगर बनाउन भने पहल भएकोछैन् । केही दिनअघि सरकारले बिरगञ्ज र बिराटनगरलाई महानगर बनायो तर बुटवल त्यसमा परेन । अरु कमजोर र पूर्बाधार नभएका नगरहरुलाई महानगर बनाईदा बुटवललाई उपेक्षा गरिएको बुटवलबासीको ठहर छ ।

लुम्बिनी रिभ्युबाट