वुटवल तानसेन सडक खण्ड गएरातिदेखि पुन अवरुद्ध - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वुटवल तानसेन सडक खण्ड गएरातिदेखि पुन अवरुद्ध



बुटवल, १५ असोज ।

सिद्दार्थ राजमार्गको वुटवल तानसेन सडक खण्ड गएरातिदेखि पुन अवरुद्ध भएको छ ।अस्ति रातिदेखि अवरुद्ध सडक हिजो दिउसो खुलाइएको भएपनि सिद्धबाबा सडकमा बाकी रहेको पहिरो हटाउनेक्रममा सडक माथिबाट पुन पहिरो खसेपछी गएराति ९ बजेदेखि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

मोटरसाइकल, भ्यान तथा जीप चल्न सक्ने गरी राति नै आशिक सडक खुलाइएपनि पटक पटक पहिरो गएकाले साना सवारी साधन चल्न पनि रोक लगाइएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अहिले बिहान बुटवल र पाल्पाका डोजर, स्काभेटर र सुरक्षाकर्मीहरुले सडकको पहिरो हटाउन सुरु गरीसकेको र पहिरो पुर्ण रुपमा हटाएपछी मात्रै गाडी चल्न दिने पनि टाफिक प्रहरीले जनाएको छ ।यही क्ष्ँेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खस्दा ३ जनाको मृत्यु भएको थियो ।