बद्री पंगेनी आफ्नै प्रदेश बुटवलमा सांगीतिक आन्दोलन गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बद्री पंगेनी आफ्नै प्रदेश बुटवलमा सांगीतिक आन्दोलन गर्दै



बुटवल,
लोकदोहोरी गायक बद्री पंगेनी लुम्बिनीका तराई र पहाडको सम्बन्ध नुन र घिउले बनाएको भन्दै प्रदेश बिभाजन विरुद्ध आन्दोलनलाई सघाउन बुटवल  आइपुगेका हुन् ।
आन्दोलनको स्वरुपलाई शान्तिपूर्ण र रचनात्मक बनाउन खोजेका आयोजकले सोमबार बुटवलमा संगीतमय प्रदर्शन गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीको गीतमा आन्दोलनकारी र स्थानीय नाचेका थिए ।
आफू राष्ट्रिय कलाकार भए पनि सरकारले लुम्बिनी अञ्चलका जनताको भावना विपरीत प्रदेशलाई टुक्राएकाले बाध्य भएर आन्दोलनमा सघाउनु परेको बताए ।

उनले भने, ‘संघीयता जनतालाई सहजताका लागि हो । रोल्पाका जनतालाई पोखरा जाने गरी कस्तो संघीयता बनाउन खोज्दैछ सरकारले ?’

butwal badri

कार्यक्रममा अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि प्रदेश विखण्डबिरुद्ध आफ्नो प्रस्तुति दिएका छन् । आन्दोलनमा उत्रिएका महिलाहरुले सडकमै बसेर गीत मार्फत बिरोध गरिरहेका छन् ।

butwal badri2

फोटो:- तिलक/गोबिन्द