बुटवलको आन्दोलन आज सातौ दिन जनजीब कष्टकर बन्दै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवलको आन्दोलन आज सातौ दिन जनजीब कष्टकर बन्दै



तिलक सुबेदी  / २१  मंसिर, बुटवल । समांकन हेरफेर विरुद्धको आन्दोलन आज सातौ दिन पनि जारी छ , निरन्तरको बन्दका कारण रुपन्देहीको जनजीवन कष्टकरतर्फ उन्मुख भएको छ ।

15328355_1116112968502484_591781099_n

सरकारले मंगलबार राती संसदमा पाच नम्बर प्रदेशको सिमाना हेरफेर सहितको संविधान संसोधन प्रस्ताव दर्ता गरेपछि यस क्षेत्रमा आन्दोलन शुरु भएको थियो । लगातार बन्द सहितको आन्दोलन चलेका कारण दैनिकी अप्ठ्यारो हुँदै गएको हो ।

सरकारले संविधान संसोधन विरुद्धको आन्दोलन चले पनि मागका बारेमा सुनुवाई गर्ने कुनै छाटकाट नदेखाएकाले आन्दोलन अझै लम्बिने देखिएको छ । आन्दोलन लम्बिदै जादा सर्वसाधरणको दैनिकि भने कष्टकर हुदै गएको छ ।
बुटवल कृषि तथा थोक बजार केन्द्रमा तरकारी तथा फलफूल कुहिने अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।

रुपन्देहीमा नेकपा एमाले सहित विभिन्न दल तथा विद्यार्थी संगठनहरुले दिनहु“ सिमाना हेरफेरका विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । राष्ट्रिय झन्डा सहित प्रदर्शनमा उत्रेका युवाहरुले जनाको आवाज सुन्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

15356116_1116112981835816_1830661652_n

त्यस्तै हिजो बुटवलको लिनचौकमा राष्ट्रिय कलाकारले पाँच नम्बर प्रदेश टुक्रन नदिने भन्दै गीत गाए । राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले गित मार्फत जनताको माग सम्बोधन गर्न माग गरेका थिए । भैरवा युवा समाजले आयोजना गरेको कार्यक्रममा कलाकारसँगै प्रदेश विभाजन विरुद्धको आन्दोलन उत्रिएका बन्दकर्ताहरु पनि नाचेका थिए ।

विधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएएको विषयमा ग्रस्मिण क्षेत्रहरुमा पनि आन्दोलन शुरु भएको छ । बुटवल वाहृेकका अन्य साना शहरहरुमा पनि प्रर्दशन शुरु भएा छन् । सैनामैना, सालझण्डी लगायतका क्षेत्रमामा पनि शशक्त आन्दोलन सुरु भएको छ । सालझण्डी बजार, सैनामैनाको कलौनी चोक , बुद्ध चोक , मुर्गिया , रानीबगियामा लगायतका क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ ।

15401443_1116113138502467_445511456_n
सैनामैनामा मुक्ति पौडेलको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम अगि सारिरहेका छन् । पाचौ दिन सम्म बन्दको खासै प्रभाव नपरेको सैनामैनामा छैठौ दिनबाट भने बन्दको प्रभाव परेको हो । आन्दोलन सुरु भएपछि शैक्षिक संस्था , पसल , उद्योग धन्दा सबै बन्द भएका छन् । यता सालझण्डीमा पनि बिहानै देखि नै चोक चोकमा प्रर्दशनकारीले नाराबाजी लगाउदै आन्दोलन गरिरहेका छन् । ईन्द्र बहादुर जि.सी.को संयोजकमा सङ्घर्ष समिति गठन गरेर शुरु देखिनै आन्दोलनका कार्यक्रम अगाडी बढाईएको छ ।

सरकारले संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरेर प्रदेशलाई टुक्राउन लागेको विरोधमा सोमवार गुल्मीमा पनि वृहत प्रर्दशन एवं विरोधसभा सम्पन्न भयो । विरोध प्रर्दशनमा गाउँगाउँदेखि सदरमुकाम तम्घासमा आई पुगेका सर्वसाधारणहरुले प्रदेश टुक्राउनेहरुलाई खवरदारि गर्दै टाउँकामा कफन वाँधेर विरोधमा उत्रीएका थिए ।

15320406_1116117161835398_1514448781_n

 

विरोध प्रर्दशनमा आएका हजारौं मानिसहरुको प्रर्दशनले सदरमुकाम तम्घास वजार तातेको छ । कार्यक्रममा सर्वसाधारणको उपस्थिति एक्कासि वढेपछि वालमन्दिरमा आयोजन गर्न लागिएको विरोधसभा कार्यक्रम मञ्चमा मानिसहरु नअटेपछि महेन्द्र उच्च माविको प्राङ्गणमा कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्तरका सम्पूर्ण राजनैतिक दलहरुले आआफ्नो दलको तथर्फवाट प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । गत छ दिनदेखि अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाको जनजीवन प्रभावित वनेको छ । उक्त विरोध सभामा राष्ट्रिय कलाकारहरु वैकुण्ठ महत, खुम खत्री लगायतका कलाकारहरुले गीत संगित मार्फत प्रदेश टुक्राउनेहरुका विरुद्ध व्यंग्यात्मक प्रस्तुतिहरु दिएका छन् ।