बिरामी बोक्ने एम्बुलेन्सलाई नै रोगि बनाए बुटवलमा बन्दकर्ताले - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बिरामी बोक्ने एम्बुलेन्सलाई नै रोगि बनाए बुटवलमा बन्दकर्ताले



हिमाल पोष्ट / बुटवल, २ पुस । बुटवलमा भर्खरै एम्बुलेन्स तोडफोड भएको छ । बुटवलको राजमार्ग चौराहा प्रहरी विट अगाडी एम्बुलेन्स तोडफोड भएको हो ।

हो हल्ला गदै हिडेको समुहले लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । काठमाडौंबाट भैरहवा सम्म जहाजमा ल्याइएको विरामी लिएर आउदै गरेको एम्बुलेन्स तोडफोड भएको हो ।

15571325_1223638721018153_2067033894_n

प्रहरी विट अगाडी एम्बुलेन्स तोडफोड हुदा पनि प्रहरीले रोक्ने प्रयास गरेनन् । एम्बुलेन्स विरामी बोकेर बुटवलको दीपनगर जादै गरेको चालक ज्ञान बहादुर भट्टचनले बताए ।

चालकका अनुसार काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई समेत सिसाले काटेको जानकारी गराए । साझ परेपछि हो हल्ला गर्दै हिडेको ठोक ठोक भन्दै हिडेको समुहले एम्बुलेन्स तोडफोड गरेको हो । हिजो पनि चौराहामा साझ परेपछि एक समुह हो हल्ला गदै हिडेको थियो ।