बुटवलमा बाम गठबन्धनको विशाल आमसभा,नेपाली कांग्रेसको उड्यो सातो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवलमा बाम गठबन्धनको विशाल आमसभा,नेपाली कांग्रेसको उड्यो सातो



बुटवल, मंसिर ६  ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी थालेका बाम गठबन्धनले बुधबार बुटवलमा विशाल जनसभा गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गर्दै अब एउटै कम्युनिष्ट पार्टी बनाएर देशलाई समृद्धिको दिशामा लैजाने उद्घोष गरेका छन्् ।

आमसभामा नेताहरुले समाजवादोन्मुख समाज निर्माणको लागि बामपन्थी गठबन्धनलाई विजयी गराउन आह्वान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले भन्नुभयो, ‘देशको भविश्यको लागि, सन्तानको भाविश्यका लागि बाम गठबन्धनलाई भोट दिनुहोस् ।’ उहाँले अगाडि थप्नुभयो, ‘देशको समृद्धिको लागि हामीलाई भोट हाल्नुहोस् ।

मधेश पहाडीको बीचमा द्धेष उत्पन्न गरेर द्धन्द्ध व्यवसाय चलाउने कांग्रेसीहरुले अहिले द्धन्द्ध व्यवस्थापन व्यवसाय चलाएर कमिसन खाने गरेको उनले बताए । ‘मेडिकल कलेज खोल्न नहुने, उद्योगहरु कौडीको मोलमा बेच्ने, अनि हजारौं य्ुवालाई बिदेश पठाउने एजेण्टबाट कमिसन लिएर बस्नेहरुको दिन सकिए, ओलीले भने ।

निर्वाचन पछि जनताको पक्षमा काम गर्ने सरकार कस्तो हुनेछ भन्ने अनुभव हुने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्देश पनि त्यही भएको भन्दै जनमानसको भव्य उपस्थितिले निकै उत्साहित हुनुभएका अध्यक्ष ओलीले देशको समृद्धिको लागि बाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देशको समाजबादोन्मुख विकास गरिने उल्लेख गर्नुभयो । देशको यही आवश्यकताले बामपन्थीहरु एक हुनुपर्ने भन्दै अब देशमा स्थायी सरकार बन्ने र विकासका चरणहरु शुरु गरिने चर्चा गर्नुभयो । बामपन्थी सरकार निर्माण गरेर विकासका नीतिगत उद्देश्यहरु पुरा गरिने उहाँको भनाई थियो ।

नेता ओलीले बाम गठबन्धनका रुपन्देहीका उम्मेदवारहरुलाई भोट माग्दै बाम उम्मेदवारहरु यहाँका सक्षम नेताहरु रहेकोले जिताउन आग्रह पनि गर्नुभयो । उम्मेदवारहरुको सक्षमलाई हेरेर भोट दिन पनि उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापा ‘बादल’ले समाजवाद स्थापनाकै लागि बाम एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाजवादसम्म पुग्नकै लागि बामपन्थीहरुको यो तालमेल हो ।’ समाजवाद स्थापना अन्तिम लक्ष्य रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण अपरिहार्य छ, छिट्टै नै यसले मुर्त रुप लिनेछ ।’ स्वाधिन नेपालको सपना लिएर बाम तालमेल भएको भन्दै अब समाजवादको नयाँ युग थालनी हुने उहाँले तर्क गर्नुभयो । नेता थापाले नयाँ युग निर्माणको लागि पनि बामपन्थी उम्मेदवारहरुलाई जिताउनुपर्ने भन्दै रुपन्देहीका बाम उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो ।
आमसभालाई बामगठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका उपमहासचिव  विष्णु प्रसाद पौडेलले भने–‘म पार्टी अध्यक्ष र नेता वादललाई साक्षी राखेर भन्छु, बुटवल प्रदेश ५ को राजधानी हुन्छ, यसमा कुनै दुईमत छैन ।’

अर्का उपमहासचिव घनश्याम भुसालले इतिहासको काध हाल्न नसकेका कारण राजा सकिएको र अव कांग्रेस सकिने समय आएको बताए । उनले लोकतान्त्रिक इतिहासमा पहिलो स्थिर सरकार बन्न लागेको बताउदै छिमेकी मुलुकसंग बराबरी हैसियतको सम्बन्ध कायम हुने बताए ।त्यस्तै माओवादी केन्द्रका सचिवालय सदस्य डिलाराम आचार्यले समृद्ध मुलुक निर्माणको अभियानको थालनी कम्युनिष्टको एकतासंगै शुरु भएको भन्दै यो अभियानको घेराभित्र  रहन मतदातालाई आग्रह गरे ।