बुवाको सपना पूरा गर्छु भन्दै चुनावमा होमिइन अमृता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुवाको सपना पूरा गर्छु भन्दै चुनावमा होमिइन अमृता



हिमालपोष्ट/अर्घाखाँची ३० चैत्र

मालारानी गाउँपालिकाको उप-प्रमुख पदमा आफ्नो उम्मेदवारी दाबी गर्दै सहिद हुमानन्द बञ्जाडेकी छोरी अमृता बञ्जाडे चुनावमा होमिएकी छन् । बुवाको सपना पूरा गर्न भन्दै उनी बुटवलको बसाइ र रोजगारी छाडेर गाउँ फर्केकी हुन ।

देशभर स्थानीय चुनावको माहोल तात्दै गर्दा विभिन्न पात्रहरु चर्चामा छन् र चर्चामा हुनेहरु मध्य एक उनीपनी हुन ।

द्वन्दकालमा माओवादीद्वारा हत्या गरिएका उनका बुवा (हुमानन्द बञ्जाडे) एक समाजसेवी थिए, नेकपा एमालेमा लामो समय काम गरेका बञ्जाडे गाउँको सेवा गर्न चाहन्थे । उनको यसै सपनालाई साकार पार्न उनकै छोरी यति बेला सोही क्षेत्रमा चुनावको लागि जुटेकी छन् ।

गुल्मी जिल्लामा रहँदा अनेरास्ववियुको सक्रिय राजनीति गरेकी अमृता विगत ११ वर्षदेखि नेकपा एमालेको क्रियाशील सदस्य हुन । वामपन्थी पारिवारिक पृष्ठभूमिबाट हुर्केकी उनी बुवाको सपना साकार पार्ने र गाउँको सेवा गर्ने उद्देश्य बोकेर गाउँ फर्केको बताउँछिन ।

सेवा विकास बैङ्क बुटवलमा कार्यरत अमृता अहिले जागिर र बुटवलको बसाइ छाडेर गाउँमा चुनावको तयारीमा लागेकी छन् । पार्टीले सपोर्ट गर्ने र गाउँलेहरूले भोट दिनेमा विश्वस्त रहेको बताउँदै अमृताले थपिन मेरो बुवाले यो गाउँलाई लगाएको गुन अतुलनिय छ गाउँलाई समृद्ध बनाउने उहाँको सपना थियो त्यो अधुरै रह्यो त्यही सपना पूरा गर्न म सबैकुरा छाडेर गाउँ फर्केकी छु ।

माओवादीद्वारा बीभत्स हत्या गरिएपछी स्व. हुमानन्द बञ्जाडेलाई पार्टीले सहिद घोषणा गरी स्थानीय बजारमा सालिक स्थापना थियो ।