बाईफोर्स सबै नियन्त्रण गर्नुपर्ने अवस्था पनि आउनसक्छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाईफोर्स सबै नियन्त्रण गर्नुपर्ने अवस्था पनि आउनसक्छ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरूलाई पार्टी गम्भीर मोडमा रहेको र आफू बिरुद्धको केहि झुण्डसंग संगै रहन नसक्ने बताएका छन् ।

उनले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेकोले संसद अधिवेशन अन्त्य गर्नुपरेको समेत बताएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कता भनेर मैले सोध्नुपर्ने हुनसक्छ । तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’ प्रधानमन्त्रीले भने ।

नेकपाकै साथीहरूले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सम्मको तयारी भएको भन्दै रोष पोखेका थिए । उनले यस्तो अवस्थामा बाईफोर्स सबै नियन्त्रण गर्नुपर्ने पनि हुनसक्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।