सिए,अभानेस्ववियुद्वारा समवेदना प्रकट - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सिए,अभानेस्ववियुद्वारा समवेदना प्रकट



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको नया दिल्ली स्थित  सिए,अभानेस्ववियु लक्ष्मीनगरद्वारा  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ६ जना एवंम् उपाचारको क्रममा मृत्यु भएका नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति  समवेदना प्रकट गरेका छन्।

सिए,अभानेस्ववियुले लक्ष्मीनगरमा एक कार्यक्रम गरी सामुहिक रुपमा  उक्त श्रदान्जली सभा गरेको थियो ।

मन्त्री अधिकारी,पाइलट प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्नेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, नेपाली सेनाका अर्जुन घिमिरेसहित ६ जनाको दुर्घटनामा परी निधन भएको हो   ।

१३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८२ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो  ।