मन्त्रिपरिषद निर्णय: गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव बने प्रदेश प्रमुख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रिपरिषद निर्णय: गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव बने प्रदेश प्रमुख



काठमाडौं- मन्त्रिपरिषदले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

सोमंब्बार आकस्मिक रूपमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि सिफारिस गरेको हो ।

स्रोतका अनुसार नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरी नयाँ प्रमुख नियुक्त गरिएको हो ।