क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिस विस्थापित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिस विस्थापित



एजेन्सी- अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार एकड क्षेत्र जलेको छ । डढेलोको १६ प्रतिशत भाग नियन्त्रणमा आएको छ । दुई हप्ता भन्दा अघि सुरु भएको डढेलो नियन्त्रणका लागि ३५ सय भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

डढेलोको जोखिममा परेको एक अस्पताल खाली गरिएको छ । स्थानीय प्रशासनका अनुसार आगलागीका कारण पाँच जना घाइते भएका छन् । सात सय भन्दा बढी घरहरुमा पूर्ण वा आंशिक क्षति पुगेको छ ।

सोमबार बिहान साउथ लेक टाहोका २२ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको थियो ।